पोखरेली युवाले ४ हजार जनालाई पछि पार्दै जिते १० लाखको पुरस्कार

पोखरा न्युज, २१ माघ ।

पहिलो संस्करणदेखि बजाज पल्सर डेयर भेञ्चरको उपाधीमा भिडेका पोखराका युवा व्यवसायी अमित श्रेष्ठले अन्ततः तेश्रो प्रयासमा उक्त उपाधी आफ्नो  पोल्टामा पारी छाडे ।

श्रेष्ठले तेस्रो संस्करणको बाइक रियालिटी शो अर्थात बजाज पल्सर डेयर भेञ्चरको उपाधीसहित नगद १० लाख पुरस्कार प्राप्त गरेका छन् ।  श्रेष्ठले पल्सर एनएस मोटरसाइकल र सामसुङ एसएट प्लस मोवाइलसमेत हात पार्न सफल भए। पोखरामा बाइकको रिकन्डिसन व्यवसाय गर्दै आएका श्रेष्ठले ४ हजार प्रतियोगीहरुमध्ये फाइनल चरणमा दुई जनालाई पछि पार्दै उक्त उपाधी जितेका हुन्। काठमाण्डौंदेखि मनाङको खाङ्गसारसम्मको पल्सर बाइक चलाएर शाहसिक ११ दिनको यात्रा गर्दाको छुट्टै अनुभव भएको विजेता श्रेष्ठले बताए। उनले भर्ने हरेक असफलताको पछाडी सफलता हुन्छ, मेरो पहिलो संस्करणदेखिको प्रयासले तेश्रो संस्करणमा विजेता हुने अवसर जुट्यो । यसमा सवैप्रति आभारी छु ।’

त्यसैगरी फस्ट रनर अप हुन सफल काठमाण्डौं कलंकीका पविन कार्कीले नगद ५ लाख, पल्सर एनएस मोटरसाइकल र सामसुङ एसएट मोवाइल हात पार्न सफल भए । सेकेन्ड रनर अप हुन सफल काठमाण्डौं भक्तपुरका सुरेश मानन्धरले पल्सर एनएस मोटरसाइकल र सामसुङ एसएट पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै गोल्छाले नेपालकै पहिलो बाइक रियालिटी शोको तेस्रो सिजन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी ब्यक्त गरे । आगामी बर्ष प्रतियोगितालाई अझ बढी स्तरिय बनाउन आफूहरु लाग्ने जनाए । पल्सर मोटरसाइकल युवावर्गमा लोकप्रिय बन्दै आएकोले पनि आफूहरुले युवालक्षित कायक्रम गर्दै जाने उनले जनाए।

सामसुङसंगको सहकार्यमा बजाजले देशभरका ४ हजार जना पहिलो चरणबाट छनोट गर्दै फाइनल चरणमा ३ जनालाई लगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button