प्रेम दिवसमा चितवनको सौराहामा फुड फेष्टिवल हुने

पोखरा न्युज , २२ माघ ।

प्रेम दिवस अर्थात प्रणय दिवसको अवसरमा चितवनको सौराहामा फूड फेष्टिवल हुने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय रेवान सौराहाको आयोजनामा माघको २८ देखि फागुन ३ गतेसम्म सौराहामा १२ औं संस्करणको सौराहा फुड फेष्टिवल हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

फेष्टिवलमा ५० वटा खानाका स्टल रहने भएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए। उक्त फेष्टिवलको निम्तो दिन आÇनो टोली पोखरा आएको उनले बताए । उनले भने, ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित आयोजना हुने फेष्टिवल प्रणय दिवसको दिन फागुन २ गते पूर्वान्ह् ११ बजेदेखी राती १२ बजेसम्म सञ्चालन हुनेछ। अन्य दिनहरुमा पूर्वान्ह् ११ बजेदेखी राती ११ बजेसम्म फेष्टिवल संचालन हुनेछ।’

फेष्टिवलमा स्वेदशी तथा विदेशी विभिन्न खानाको स्वादमा सांस्कृतिक प्रस्तुतिमा रमाउन सकिने रेवान सौराहाका प्रथम उपाध्यक्ष दिपेन्द्र खतिवडाले बताए। फेष्टिवलमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन गर्नुका साथै देशबासीलाई निम्तो दिदै कलासंस्कृती र खानाले भरपुर मनोरञ्जन प्रदान गरिने सौराहा रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट ‘राजन’ले प्रष्ट पारे। सौराहा र यस क्षेत्रको आसपासमा ओझेलमा परेका कला, संस्कृति र रहनशहनको प्रचारसँगै बिदेशीमाझ नेपाली कला संस्कृति चिनाउनुको साथै आदान प्रदानसमेत गर्ने महोत्सवको मूख्य उद्देश्य रहेको उनले बताए।

फेष्टिवलका संयोजक कपिल रेग्मीले बाह्य मात्र नभई आन्तरिक पर्यटकको केन्द्र पनि सौराहा हुनसक्ने बताए। उनले भने, ‘सौराहामा विदेशी मात्र होइन, अब अन्तरिक पर्यटकहरुसमेत रमाउनु पर्छ।’ उनले पोखरा र सौराहा एक अर्काका पर्याय भएको बताउँदै पर्यटनमा एकले अर्कालाई सघाउने गरी सहकार्य हुनुपर्नेमा जोड दिए।

उक्त फेष्टिवलको अवसरमा रेवान सौराहाले होटल, रेष्टुरेण्ट तथा सामानहरुमा बिशेष छुट दिने घोषणा गरेको छ। रेवान सौराहामा आबद्ध रेष्टुरेण्टहरुमा १५ प्रतिशत क्षेत्रीय होटल संघ चितवनमा आबद्ध होटलहरुमा १५ प्रतिशत र साना पर्यटन ब्यबसायसंग आबद्ध ब्यबसायीहरुले सामान खरिदमा १५ प्रतिशत छुट दिने भएको रेवान सौराहाका अध्यक्ष गिरीले बताए। फेष्टिवल क्षेत्रमा फ्री वाईफाईसमेत ब्यबस्था गरिने भएको छ। आम्दानीबाट खर्च कटाएर बचत रकममध्ये वृद्धवृद्धा, अपांगता भएकाहरु, खेल मैदान व्यवस्थापन, घुम्ती शौचालय निर्माण, सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा प्रदान गरिने आयोजकले जनाएको छ। सौराहामा एकै रातमा ७ हजार पर्यटकहरुलाई व्यबस्थापन गर्न सकिने व्यवसायीहरुले बताएका छन्।

महोत्सवको अवसरमा रेवान सौराहाले प्रेमपत्र लेखन प्रतियोगिता गर्ने भएको बताइएको छ। एनका अनुसार महोत्सवको अवसरमा रेष्टुरेण्ट स्टाफहरुबीच वाटर रेस प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, उत्कृष्ट खाना पकाउने प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन्। रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले रेवान सौराहासंग आफूहरुले सधै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए।

रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय क्षेत्र पोखरा र सौराहाको सहकार्यमा हुने मेला महोत्सवले दुबैलाई फाइदा पुग्ने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button