पोखरामा बसको ठक्करबाट विद्यार्थीको मुत्यु भएपछि उत्पन्न विवादमा विद्यार्थी र प्रहरी घाईते, पत्रकार कुटिए

डिएनबी, पोखरा न्युज – २३ माघ ।

पोखरामा माईक्रो बसको ठक्करबाट एक बिद्यार्थीको मुत्यु भएपछि उत्पन्न विवादमा बिद्यार्थी र प्रहरी घाईते भएका छन भने एक जना पत्रकार कुटिएका छन। पृथ्बीनारायण क्याम्पस बिएड चौथो बर्षमा अध्ययनरत २४ वर्षीय वोध राज ढकाल सोमबार माइक्रो बसको ठक्करले मृत्यु भएपछि उत्पन्न बिबादमा मंगलबार २५ जना बिद्यार्थी, ५ जनाप्रहरी घाईते भएका छन भने एक जना पत्रकार प्रकाश ढकाल प्रहरीबाट कुटिएका छन।

माइक्रो बस चालकले बिद्यार्थी ढकाल माथि हत्या गरेको भन्दै बिद्यार्थीहरु आक्रोसित हुदै मंगलबार बिहानै देखि पोखरामा माईक्रो बस संचालनमा रोक लगाएका थिए । क्याम्पस गेट अगाडी भेला भएका बिद्यार्थीहरुले गेट अगाडी संचालन हुने माईक्रो बस माथि तोडफोड गर्न खोजे पछि तैनाथ भएको प्रहरी र बिद्यार्थीहरु झडक हुदा दुबै पक्षका व्यक्तिहरु घाईते भएका हुन । बिद्यार्थीहरुको आन्दोलनलाई नियन्त्रण लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस समेत फालेको थियो । क्याम्पस गेट अगाडी रहेका केहि व्यवसायी तथा घरका झ्यालका सिसा समेत फुटेका छन भने सडक क्षेत्रमा वियरका वोतल, ढुंगा र मुडा रहेका छन। प्रहरीले कपिल देव रानाभाट, पशुपति भट्टराई, राजीवबास्तोला सहित १६ जनालाई नियन्त्रणमा लिएको थियो बिद्यार्थीहरुको आन्दोलनमा चर्कीदै गएपछि कास्की प्रहरीले केहि समय नियन्त्रणमा लियर उनीहरुलाई छाडेको थियो । सोमबार साँझ ग १ ख३८३६नम्बरको माईक्रो बसले  बिद्यार्थी ढकाललाई ठक्कर दिएको थियो ।

स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका मृतक ढकालको शव हाल मणिपालशिक्षण अस्पतालमा रहेको छ । ढकाल नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन् ।बिद्यार्थी नेताको मृत्यु भएको विरोधमा नेवि संघ सहितका विभिन्न बिद्यार्थी संगठनहरु आन्दोलनमा होमिएका थिए । विहान देखि दिउसो करिब २ बजेसम्म पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त भएको थियो । विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा सडकमा विरोध गर्दै उत्रेकोमा प्रहरी प्रशासनको बिद्यार्थी माथि लाठि चार्ज गरेपछि स्थिति तनावपूर्ण बनेको नेवि संघका केन्द्रिय सदस्य भानु ढकालले बताए । प्रहरी झडपका क्रममा सैलेस बास्तोला, ताजु दिनलगायतका २५ जनाघाईते भएको बिद्यार्थी नेता ढकालले जनाए । घाईते बिद्यार्थीहरुको हात, खट्टा, टाउको र कुममाचोट लागेको ढकालले जनाए ।

झडपमा ५ जना प्रहरी घाइते भएको कास्कीका प्रहरी प्रवक्ता खड्ग बहादुर खत्रीले बताए । उनका अनुसार प्रहरी हवल्दार यामबहादुर तिवारी र प्रहरी जवानचन्द्र बहकादुर ओली घाईते भएका छन । तिवारीको बाया कुममा र ओलीको टाउकोमा चोट लागेको डिएसपी खत्रीले जनाए । उनका अनुसार अन्य तीन जना प्रहरी जवान सामान्य घाईते भएका छन। बिद्यार्थी ढकालको दुर्घटनामा नभई हत्या भएकोले बस चालकलाई हत्याको ज्यान मार्ने उद्योगमा कारवाहीहुनु पर्ने अन्यथा आफुहरुको आन्दोलन पुनः ससक्त हुने बिद्यार्थी नेता क्षितिज सापकोटा, विवेक देवकोटा, बिशाल राना, ईन्द्रमणिशर्मा, भानु ढकाल, देवकृष्ण पराजुली लगायतले प्रशासनलाई चेतावनी दिएका छन ।

बिद्यार्थी सहुलियतको बिषयमा सहचालकसंग बिद्यार्थी ढकालको सामान्य भनाभन भएपछि हातहालाहालको अबस्थामा आएपछि बिद्यार्थी ढकालले बस अगाडी नै गएर बस रोक्नखोज्दा बस चालकले बस अगाडी बडाएपछि ढकाललाई बसले ठक्कर दिएकोे बिद्यार्थीहरुको आरोप छ । पिएनक्याम्पस गेट अगाडी देखि करिब दुई सयम सिटनदीपुर तर्फको सडकमा बसले बिद्यार्थी ढकाललाई ठक्कर दिएको थियो । पोखरा वस व्यबसायी समितिका महासचिव अमृत तिमिल्सिनाले सुरक्षाको प्रत्याभुतिनभएसम्म पोखरामा माईक्रो बस संचालन गर्न नसक्ने बताए । उनका अनुसार मंगलबार ३ वटा माईक्रो बस माथि बिद्यार्थीबाट तोडफोड भएको छ भने २० भन्दाबढी गाडीको चावी खोसिएको छ । यस बिषयमा कास्कीका प्रहरी प्रमुख एस.पी. असोक सिंहले माइृक्रो बस चालक माथि कानुन अनुसार कारवाही हुने बताए । आफुहरुले नियन्त्रणमा लिएका १६ जनाबिद्यार्थीहरु रिहा गरेसंगै क्याम्पस गेट अगाडी हाल सामान्य अबस्थामाआएको एस.पी. सिंहले दाबी गरे । मंगलबार बिहान देखि पोखरामा माइृक्रो बस संचालन नहुने हजारौं यात्राुले सास्तीभोग्नु परेको थियो । कास्कीका प्रहरी प्रमुख सहितको प्रहरीको जम्वो टिम क्याम्पस गेट अगाडी दिन भरी जसो तैना थभएको थियो ।

उक्त आन्दोलनको रिपोटिङमा खटिएका पत्रकार प्रकाश ढकाल प्रहरीबाट कुटिएका छन। उनलाई प्रहरीले देव्रे खुट्टामा लाठ्ठी चार्ज गरेको हो । पत्रकार ढकालले म पत्रकार हुँ भन्दै आफ्नो पत्रकार परिचयपत्र देखाउदा देखाउदै ४ लठ्ठी हानेको पत्रकार ढकालले गुनासो गरेका छन। यसैबिच पत्रकार ढकालमाथि प्रहरीले गरेको कुटपिटको घटनालाई नेपाल पत्रकार महासंघ कास्कीले भत्सना गर्दै खेद प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ पत्रकार ढकाल माथि आक्रमण हुनु स्वतन्त्र पत्रकार माथि नै आक्रमण भएकोले पत्रकारको शान्ति सुरक्षा दिलाउन स्थानिय प्रशासन समक्ष आग्रह गरिएको छ । पत्रकार ढकाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य हुन भने उनी आदर्श समाज राष्ट्रिय दैनिकमा आवद्ध छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button