पोखरामा बस व्यवसायीसंग वार्ता सफल भएसंगै विद्यार्थी आन्दोलन स्थगित

डिएनबी, पोखरा न्युज – २४ माघ ।

वार्ता सफल भएसंगै विभिन्न विद्यार्थी संगठनको आन्दोलन हाल स्थगित भएको छ । पोखरामा माईक्रो बसको ठक्करबाट एक विद्यार्थीको मुत्यु भएको घटनालाई लिएर आन्दोलित भएका बिद्यार्थीको मागको बिषयमा व्यवसायीले सम्वोधन गरेसंगै बुधबार देखि बिद्यार्थीहरुको आन्दोलन स्थगित भएको बिद्यार्थी नेता राजेस हमालले बताए ।

पृथ्बी नारायण क्याम्पस बिएड चौथो बर्षमा अध्ययनरत २४ वर्षीय वोधराज ढकालका आफन्तलाई पोखरा बस व्यवसायी समितिले चित्त बुझ्ने गरी माग पुरा गराएसंगै आफुहरुको आन्दोलन स्थगित भएको हमालले बताए । उनका अनुसार बिद्यार्थी र व्यवसायीहरु बिच ७ बुंदे सहमति भएको छ ।

हत्याको आरोपमा पक्राउ परेका ग १ ख ३८३६ नम्बरका गाडी चालकलाई हदैसम्मको कारवाही गर्ने, सध्याकालिनमा बिद्यार्थी सहुलियत कार्डको छुट नदिएका व्यवसायीहरुले अब भने छुट दिने, पृथ्बीनारायण क्याम्पस गेट अगाडी करिब एक सय मिटर टाडाको दुरीमा मात्र माईक्रो बस रोक्न लगायतका सहमति भएको हमालले बताए ।

पोखरा बस व्यबसायी समितिका महासचिव अमृत तिमिल्सिनाले बिद्यार्थी, पिडित पक्षसंगको वार्ता सफल भएसंगै, प्रशासनले आफुहरुलाई शान्ति सुरक्षा दिने प्रत्याभुति दिएसंगै आज बुधबार मध्यान्हः १२ बजे देख पोखरामा पुनः माईक्रो बस सेवा संचालनमा आएको बताए । उनले भने “ कानुन भन्दा माथि उठेर हामीले बिद्यार्थीसंग सहमति गर्नु गर्ने कस्तो ब्याबस्था हो, जहिले पनि व्यवसायीलाई मारमा पारिन्छ, हाम्रो माग कहिले सुनुवाई हुन्छ । ” मंगलबार विहान देखि माईक्रो बस संचालन नहुदा हजारौं यात्रुले सास्ती भोग्नु परेको थियो ।

मृतक ढकाल नेपाल बिद्यार्थी संघ याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन्। मंगलबार बिद्यार्थी र प्रहरी बिच झडप हुदा २५ जना बिद्यार्थी र ५ जनाप्रहरी घाईते भएका थिए भने एक पत्रकार प्रकाश ढकाल कुटिएका थिए । माइक्रो बस चालकले बिद्यार्थी ढकाल माथि हत्या गरेको भन्दै बिद्यार्थीहरु आक्रोसित हुदै मंगलबार बिहानै देखि पोखरामा माईक्रो बस संचालनमा रोक लगाएका थिए । क्याम्पस गेट अगाडी भेलाभएका बिद्यार्थीहरुले गेट अगाडी संचालनहुने माईक्रो बस माथि तोडफोड गर्न खोजे पछि तैनाथभएको प्रहरी र बिद्यार्थीहरु झडकहुदादुबै पक्षकाव्यक्तिहरु घाईते भएकाहुन । बिद्यार्थीहरुको आन्दोलनलाई नियन्त्रणलिनप्रहरीले ५ राउण्ड अश्रु ग्याँस समेत फालेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button