पोखरामा राष्ट्रियसभाको मतदान सम्पन्न

पोखरा न्युज – २४ माघ ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा २२९ जनाले मतदान गरेका छन् ।

बिहान १० बजे शुरु भई अपराह्न ३ बजेसम्म चलेको मतदानमा मनाङका प्रदेशसभा सदस्य राजीव गुरुङबाहेक सम्पूर्णले मतदान गरेका क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालल सुवेदीले जानकारी दिए ।

लोकसेवा आयोगको क्षेत्रीय कार्यालमा भएको मतदानमा स्थानीय तहका प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्षका लागि एक र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष गरी १७० र प्रदेशसभा सदस्य ६० गरी २३० मतदाता रहेका थिए । मतदान सम्पन्न भएपछि मतगणना गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

यसप्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कुल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक-एक जना) रहेकामा अपाङ्गतर्फबाट प्रकाश पन्थ निर्विरोध भइसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button