पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन – नेता नेपाल

पोखरा न्युज – २५ माघ ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन् ।

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताएका छन् ।

उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताए । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए ।

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उनले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाए । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिए । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल यहाँ आएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button