लेकसाइडमा जथाभावी फोहोर नफाल्न चेतावनी, फोहोर फाले कारवाही

पोखरा  न्युज , २७ माघ ।

पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा  जथाभावी फोहोर नफाल्न चेतावनी  दिइएको छ ।

क्लिन लेकसाइडको आयोजनामा शनिबार पोखराको हल्लनचोक देखि सुरु भएको सरसफाई कार्यक्रममा स्थानिय तथा व्यवसायीहरुलाई जथभावी फोहोर नफाल्न चेतावनी दिदै सरसफाई गरिएको हो । क्लिन लेकसाइडले पोखरा लेकसाइड सरसफाई कार्यक्रमले पोखराकै नमुना सरसफाइको रुपमा आफुहरुले अघि बढाउने उद्धेश्यले जथभावी फोहोर नफाल्न चेतवानी दिदै सरसफाई गरिएको सोवित परियारले बताए ।

सरसफाई कार्यक्रममा पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामा, वडा ६ का सदस्य हरि पहारी, सामुदायिक प्रहरी,  सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाली सेना, सशस्त्र प्रहरी वल, स्थानिय आमा समुह तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

यसैबिच शुक्रबार पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ६ मा बसेको एक बैठकले वडा सदस्य हरि कृष्ण पहारीको संयोजकत्वमा टोली बनाई लेकसाइड क्षेत्र सरसफाई तथा अनुगमन गर्ने निर्णय गरेको छ  । टोलीको सहसंयोजकमा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भिम पराजुली, सचिवमा गिरीराज अधिकारी, कोषाध्यक्षमा बिष्णु केसी रहेका छन । यस अघि सामुदायिक प्रहरी सेवा केन्द्रमा समेत बसेको एक भेलाले हरि कृष्ण पहारीलाई नै लेकसाइड क्षेत्र सरसफाई तथा अनुगमन गर्ने निर्णय समेत गरेको थियो ।

संयोजक पहारीले सरसफाइको अभियान अन्तर्गत  पहिलो चरणमा चेतावनी सहित सरसफाई भएसंगै दोश्रो चरणमा पुनः
फोहोर गर्ने  उपर कारवाही स्वरुप महानगरपालीकाबाट प्राप्त हुने सेवा सुविधा रोक्का हुने गरी आफहुरु जाने तयारी गरेको उनले जनाए ।

फेवातालमा जथाभावी फोहोर फाल्ने उपर जरिवाना गर्नु पर्ने स्थानियले जोडदार माग राखेका छन । लेकसाइड र फेवातालमा फोहोर नफाल्न पटकपटक गरिएको अनुगमन र चेतावनीले परिवर्तन नभएपछि स्थानियले जरिवानाबाटै यसको प्रभावकारी ढंगले काम हुने विश्वास व्यक्त गरेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button