ललितपुर महानगरका भित्री भागमा सवारी व्यवस्थापन हुँदै

पोखरा न्युज – २८ माघ ।

महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ

पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । कुन कुन ठाउँमा र कसरी ‘वान वे’ लागू गर्ने भन्ने अध्ययन भइरहेको छ । उनले ब भने, “मुख्य गरेर दरबार क्षेत्र र त्यससँगै पर्यटक आगमन बढी हुने अरु क्षेत्रमा सवारी व्यवस्थापनको योजना बनाइएको छ ।”

सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल यात्रुले समेत सास्ती भोग्दै आएका छन् । पाटन दरबार क्षेत्रमा निश्चित समयबाहेक अन्य बेला सवारी साधन नै चल्न नदिने गरी तयारी भइरहेको महानगर प्रमुख महर्जन बताउछन् । सोबारे ट्राफिक प्रहरी, जातीय समूहलगायत सरोकारयुक्त निकायसँग छलफल भइरहेको छ । आगामी वैशाख १ गतेदेखि लागू गर्ने गरी तयारी अघि बढेको महानगरपालिकाले जनाएको छ । उनले भने, “अध्ययन र छलफल दुवै भइरहेको छ ।”

केही वर्ष पहिलेदेखि ग्वार्खाेबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटामा ‘वान वे’ पद्धति लागू छ । यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ । भित्री भागमा ‘वान वे’ लागू गर्नुपर्ने भनी ट्राफिक प्रहरीले बताउँदै आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button