पोखरामा तेश्रो माउण्ट अन्नपूर्ण यू–१४ ह्याण्डबल जारी

पोखरा न्युज – २८ माघ ।

माउण्ट अन्नपूण मावि नदिपुर द्व्रारा आयोजित तेस्रो यू—१४ अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता आइतबार पनि जारी रहेको छ । प्रतियोगिताकोे दोस्रो दिनको छात्र तर्फको खेलमा न्यू ग्यालक्सी मावि ले माउन्ट अन्नपूर्ण मावी (बि) लाइ ७–६ ले पराजित गरेको छ, भने पोखरा एकेडेमीले रेन्बो एकेडेमी लाइ ५–४ ले पराजित गरेको छ ।

त्यसै गरि छात्र तर्फको अन्य खेलमा गण्डकी बोर्डिङ स्कुलले बाल प्रभात लाइ १९–९ ले पराजित गरेको छ, भने ज्ञानज्योतिले रेन्बो एकेडेमि लाइ १३–३ ले पराजित गरेको छ । आज सम्पन्न छात्रा तर्फको खेलमा गण्डकी बोर्डिङ स्कुलले बाल प्रभात लाइ १५–२ ले पराजित गरेको छ भने पोखरा एकेडेमिले अन्नपूर्णलाइ १६–१ ले पराजित गरेको छ, । सोसियल पब्लिकले अन्नपूर्णलाइ ३–० ले पराजित गरेकोछ भने गण्डकी बोर्डिङ स्कुलले माउन्ट अन्नपूर्ण मा.वि. (बि) १२–१ ले पराजित गरेको छ ।

त्यसै गरि छात्रा तर्फको भएका खेलमा माउन्ट अन्नपूर्ण मा.वि. (ए) ले श्रृजना मा.वी.लाइ १२–२ ले पराजित गरेको छ । साथै पोखरा एकेडेमिले साेिसयल पब्लिक लाइ ६–२ ले पराजित गरेको छ भने लिट्ल स्टेप मा.विले ज्ञानज्योतिलाइ ९–३ ले पराजित गरेको छ । प्रतियोगिता फागुण १ गते सम्म संचालन हुने विद्यालयका अध्यक्ष चिजकाजी गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button