कास्कीको पाउँदुरमा १३ रोपनी क्षेत्रफलमा खेल मैदान निर्माण कार्य सुरु

पोखरा न्युज ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ को पाउँदुरमा खेल मैदान निर्माण कार्य सुरु भएको छ ।

स्थानीय समाजसुधार यूवा क्लबको सक्रियता तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल र कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको पहलमा खेल मैदान निर्माण सुरु भएको हो । मैदान निर्माणका लागि शनिबारदेखि जमिन सम्याउन सुरु भएको छ ।

१३ रोपनी क्षेत्रफलमा रहेको भिरालो जमिनलाई सम्याउन १३ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । मैदान निर्माणका लागि नेपाल डोजर एसोसियले डोजर तथा एक्साभेटर उपलब्ध गराई सहयोग गरेको पौडेलको भनाई थियो । जमिन सम्म्याईसकेपछि सपोर्टका लागि ग्याभिन जालीको प्रयोग समेत गरिने उनले जानकारी दिए । यसका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय कास्कीले सहयोग गर्ने उनले बताए ।

अहिलेसम्म उक्त स्थानमा कुनै पनि खेल मैदान नभएको र मैदान निर्माणपछि स्थानीय बालबालिका तथा यूवाहरुका लागि विभिन्न प्रतियोगिता सञ्चालनका लागि सहयोग पुग्ने समाजसुधार यूवा क्लबका संस्थापक अध्यक्ष ईन्द्र पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button