पोखरामा हिसान कास्की लोकनृत्य प्रतियोगिताको छनौट चरण सम्पन्न

पोखरा न्युज – २९ माघ । 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा आबद्ध विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको नृत्य कलाप्रतिभा उजागर गर्ने र त्यस्तो प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले आयोजना गरिएको “प्रथम हिसान कास्की लोकनृत्य प्रतियोगिता २०७४”को पहिलो छनौट राउण्ड सम्पन्न गरिएको हिसान कास्कीले जनाएको छ ।

हिसान कास्कीमा आबद्ध ६० सदस्य विद्यालय तथा कलेजहरुमा अध्ययनरत छब्बिस टिमको संलग्नता रहेको थियो । पहिलो छनौट राउण्डलाई चार समुहमा विभाजन गरि प्रतिश्पर्धा गराइएको मध्ये प्रत्येक समुहबाट तिन तिन टिम गरि जम्मा बाह्र टिम आगामी फाल्गुण ८ गते पोखरा सभागृहमा हुने अन्तिम प्रतिश्पर्धा (ग्राण्ड फिनाले) मा सहभागी हुने हिसान कास्कीका अध्यक्ष रामजी शर्माले बताए ।

यसरी छनौट राउण्ड छनौट भइ अन्तिम प्रतिश्पर्धामा जान सफल टिम मध्ये समुह“क” बाट ईन्फरमेटिक्स कलेज पोखरा, भाष्कर मेमोरियल स्कुल र मदरल्याण्ड स्कुल छन् भने समुह“ख” बाट जुनियर सिटिजन्स एकेडेमी, माउण्ट अन्नपूर्ण स्कुल र ग्लोबल कलेजियट छनोट राउण्ड पार गरेका छन् । यसैगरि समुह “ग” बाट मेरिगोल्ड स्कुल, पोखरा यूनाइटेड एकेडेमी र लिटिल स्टेप तथा समुह “घ” बाट बालोदय स्कुल, पोखरा लिङ्कन ईन्टरनेसनल कलेज र शिशु निकेतनले छनौट राउण्ड पार गरि अन्तिम प्रतिश्पर्धा गर्नेछन् ।

हिसान कास्कीका अध्यक्ष रामजी शर्माको अध्यक्षतामा आयोजना गरिएको उक्त छनौट राउण्डको कार्यक्रम कास्की जिल्ला लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष तथा आयोजक समितिका सदस्य प्रेमराज अधिकारीले आफ्ना प्रस्तुतिहरु दिएका थिए भने कार्यक्रमको संचालन हिसान कास्कीका सचिव दिवाकर जैसिले गरेका थिए । हिसान कास्की लोकनृत्य प्रतियोगितालाई आगामी बर्ष हरुमा हिसान कास्की आइडलको रुपमा निरन्तरता दिने हिसान कास्कीको योजना रहेको सह सचिव नारायण शर्मा चापागाईले जानकारी गराए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button