पोखरामा अन्तराष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिता

पहिलो दिनको प्रतियोगितामा पुरुषतर्फ मर्हजन र महिलातर्फ मगर अग्र स्थानमा

डिएनबी, पोखरा न्युज – २९ माघ ।

पोखरामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिता आज (सोमबार) देखि सुरु भएको छ । कास्की जिल्ला साइक्लिङ संघको आयोजना पोखराको पामेबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली खेलाडी अग्र स्थानमा रहेका छन। करिब ४० किलोमिटर दुरी नेपाली खेलाडी नारायण गोपाल महर्जनले २ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गरी अग्र स्थानमा रहेका छन।

त्यसै गरी २ घण्टा १९ मिनेट ५६ सकेण्डमा उक्त दुरी पार गरेका रोहन तामाङ दोश्रो र २ घण्टा २१ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गरेका ओेकेश बज्र्रचार्य तेश्रो स्थानमा रहेका छन। महिलातर्फ राष्ट्रिय खेलाडी लक्ष्मि मगरले अग्र स्थानमा आउन सफल भईन । उनले निर्धारित दुरी २ घण्टा ५३ मिनेट ३४ सेकेण्डमा पार गरेकी हुन। ३ घण्टा १४ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरेकी उसा खनाल दोश्रो र ३ घण्टा २० मिनेट ४० सेकेण्डमा उक्त दुरी पार गरेकी रोजा केसी तेश्रो स्थानमा रहेकी छन। पहिलो दिनको खेलमा २ जनाले बिचमै छाडेकाले बाँकी २८ जनाले उक्त प्रतियोगितामा प्रतिष्प्रर्धा गर्ने भएको संघका सचिवजगन विश्वकर्माले बताए ।

यसैबिच, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले रिवन काटेर उक्त प्रतियोगिताको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रवद्र्धन हुने बताए । जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालले पोखरालाई खेलकुदको राजधानि बनाउने अभियानमा यस्ता प्रतियोगिता निरन्तर हुनु पर्नेमा जोड दिए ।

प्रतियोगिताका निर्देशक विदेशी नागरिक फिल्स ईभानले पोखरा र पोखराको पर्यटकीय क्षेत्रमा साईक्लिङ प्रतियोगिता हुनु यसले खेल पर्यटनमा विकास पुर्याउने विश्वास व्यक्त गरे । साइक्लिङ खेल र साइकल पर्यटनको गन्तव्यका रुपमा पोखरा लेखनाथ महानगरसहित वरपरका गाउँहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको संघले जनाएको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार चार दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा ८ देशका ३० जना सहभागि भएको संघका अध्यक्ष दिलिपराज श्रेष्ठले बताए ।पहिलो दिनमा प्रतियोगिहरुले पामे देखि चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, कृस्ती, मट्टीखान, छोररेपाटन, स्तुपा, सानोताल हुँदै पुन पामे सम्मको करिब ४० किलोमिटर दुरी पार गरेको अध्यक्ष श्रेष्ठले जनाए ।

पोखरा फोर स्टेज साइकल रेस को नामाकरण गरिएको प्रतियोगिता फागुन ३ गते सम्म संचालन हुने भएको छ । ५ जना महिला प्रतियोगि सहभागी भएका छन । प्रतियोगितामा बेलायत, फ्रान्स, अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, स्विजरलैण्ड, अमेरीकाका खेलाडी सहभागि भएकोे संघका सचिव जगन विश्वकर्माले बताए ।

दोस्रो दिनको छोरेपाटनबाट सुरु गरि शिवालय, कृस्ती, मट्टि खान, हुँदै छोरेपाटनमा पुगी सकिने छ । यसै गरि तेस्रो दिनको खेल क्षेत्र बेगनासलाई रोजिएको छ । बेगनासताल क्षेत्रबाट सुरु भएको प्रतियोगिताका लागी वेगनास हुँदै रुपाताल हुँदै बेगनासमा पुगी समापन हुनेछ भने चौथो दिनको बाटुलेचौर बाट सुरु भइडाँडगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफा हुँदै बाटुलेचौरमा पुगी समापन हुनेछ ।

राष्ट्रिय खेलाडीअजयपण्डितका अनुसार यस प्रतियोगितामा बिजयी खेलाडीले विश्वको कुनै पनि एक स्थानमा आयोजना हुने विश्व साइक्लिङ च्याम्पियन सिपमा सहभागिता जनाउन पाउने भएकाले पनि यो प्रतियोगिताले महत्व राख्ने बताए ।

संघका अध्यक्ष श्रेष्ठले करिब ५ लाख खर्च लाग्ने गरि आयोजना गरिएको प्रतियोगिताले यस क्षेत्रको पर्यटन र साइकल खेलको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । प्रतियोगितामा चार वटा क्याटोगरीका हुने संघका सदस्य पुष्पकमल पौडेलले जानकारी दिए । उनका अनुसार खुल्ला पुरुष, खुल्ला महिला, माष्टर र ग्रान्डमाष्टर गरि चार वटा विधामा पुरस्कृत गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button