पोखराका दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

पोखरा न्युज – ०१ फागुन । 

अमरसिंह माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ। बटरफ्लाई फाउण्डेसन र क्वालिटि लाइफ अफ नेपालले ५० जना दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो।

कर कार्यलय पोखराका अधिकृत बिजय लामिछाने, बटरफ्लाई फाउण्डेशनका संस्थापक गोविन्दराज पहारी र क्वालिटि लाइफ अफ नेपालका अध्यक्ष रामचन्द्र शर्मा लगायतले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको अमरसिंह मावि दृष्टिविहिन शाखाका सहायक प्रमुख नरेश नेपालले जानकारी दिए।

विद्यार्थीहरुलाई करिव ८५ हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरेको बटरफ्लाई फाउण्डेशनका अध्यक्ष गोविन्दराज पहारीले बताए। पहारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ. तेजस्वी बरालले स्वागत, दृष्टिविहिन शाखा सहकायक प्रमुख नरेश नेपालले धन्यवाद र क्वालिटि लाइफ अफ नेपालका अध्यक्ष रामचन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button