म्याग्दीमा नवविवाहित दम्पतिद्वारा पुस्तकालयलाई सहयोग

पोखरा न्युज – ०२ फागुन ।

म्याग्दीको एक नवविवाहित दम्पतिले म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि स्थापना गर्न लागिएको पुस्तकालयलाई रु २५ हजार सहयोग गर्ने घोषणा गरेको छ ।

बेनीबजार निवासी विकास रावल र सन्ध्या केसीले रावलका भाइ स्व सुदीप रावलको स्मृतिमा पुस्तकालयलाई सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

मंगलबार स्व सुदीप रावलको नवौँ स्मृति दिवसका अवसरमा सुदीप स्मृतिकोषले आयोजना गरेको १० जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा नवविवाहित रावल दम्पतिले सो घोषणा गरेका हुन् । रावल र केसीको केही दिनअघि मात्र विवाह भएको हो ।

सुदीप रावलको स्मृतिमा उनको परिवारले रु दुई लाख ५० हजार राशिको अक्षय कोषको स्थापना गरेको छ । विकास रावल स्व सुदीपका माहिला दाजु हुन् । सुदीपको विसं २०६५ फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button