Pokhara News

दरबारमार्गस्थित ‘आई क्लब’ मा मा झगडा गरेको आरोपमा सई पक्राउ

पोखरा न्युज – ०२ फागुन ।

मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा काठमाडौँको दरबारमार्गस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए । सो क्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।

श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौंँ महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

Related posts

म्याग्दीमा पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

रासस

पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिश

रासस

सप्तरीको औषधि पसलमा आगलागी तीन घर नष्ट

रासस
खुल्दैछ.......