पोखरामा क्रिकेटको कलेज प्रिमियर लिग हुने

 

डिएनबी, पोखरा न्युज – ०२ फागुन ।

क्रिकेट खेलको विकास र विस्तार गर्ने उद्धेश्यले पोखरामा कलेज प्रिमियर लिग हुने भएको छ । नेपालय ईन्टरनेश्नलको आयोजनामा यही फागुन ७ देखि १६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

उक्त प्रतियोगिताका पोखरा प्रतिनिधि तथा राष्ट्रिय खेलाडी विधान श्रेष्ठका अनुसार प्रतियोगिता ट्वान्टी–ट्वान्टी लिग कम नकाउटका आधारमा खेलाईने भएको छ । प्रतियोगितामा कास्की सहित बाग्लुङ, म्याग्दी, पर्वतका गरी करिब १२ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा राष्ट्रिय र सिनियर क्रिकेट खेलाडी बाहेक अन्य स्नातकतहसम्म अध्ययन गरेका बिद्यार्थीहरुले प्रतियोगितामा सहभागि हुन पाउने भएकाछन। प्रतियोगितामा विजेता टिम राष्ट्रिय प्रतियोगितामा देश भरबाट सहभागि हुने ९ टिम भित्र सहभागि हुने अवसरमा प्राप्त हुने छ ।

विजेतालाई पुरस्कार स्वरुप क्रिकेट व्याट, ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रयोजनामा, राष्ट्रिय खेलकुद परिषद र हिसान कास्कीको बिशेष सहयोगमा उक्त प्रतियोगिता संचालन हुन लागेको विधान श्रेष्ठले बताए । प्रतियोगितामा सहभागि टिमले दर्ता शुल्कः २० हजार तिर्नु पर्ने छ जसमा १४ जना खेलाडीलाई आयोजकले नै जर्सीको व्यवस्था मिलाउने भएको छ । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, हिसान कास्कीका अध्यक्ष राम्जी प्रसाद शर्मा, मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका संचालक रमेश थापा लगायतले बोल्दै क्रिकेट खेल विकासको लागि पोखरामा भएको पहिलो प्रयासलाई सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने वचन दिएकाछन।

राष्ट्रिय प्रतियोगितामा काठमाण्डौं, पोेखरा, चितवन, भैरहवा, कैलाली, कन्चनपुर र झापाका टिमहरु सहभागि हुने भएका हुन । सम्भवत चैतमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button