लेकसाईडको फुटपाथमा रहेका होडिङ बोर्ड तथा साईन बोर्ड हटाउन सुरु

डिएनबी, पोखरा न्युज – ०२ फागुन ।

पोखराको लेकसाईड क्षेत्रमा जथभावी (मापदण्ड विपरित) फुटपाथ तथा बिजुलीका पोलहरुमा राखिएका साईन वोर्ड तथा होडिङ बोर्ड हटाईएको छ ।

अनुगमनको क्रममा बुधबार लेकसाईडमा मापदण्ड विपरित फुटपाथ क्षेत्रमा तथा बिजुलीका पोलहरुमा जथभावी राखिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु हटाइएको लेकसाइड सरसफाइ तथा अनुगमन समितिका संयोजक तथा वडा सदस्य हरिकृष्ण पहारीले बताए । विभिन्न व्यापारीहरुले आफ्नो बजारको प्रचार गर्ने उद्धेश्यले फुटपाथ क्षेत्रकै बटुवाहरु हिड्ने स्थलमै साईन बोर्ड तथा होडिङ बोर्ड राखेकोले उक्त सामाग्रिहरु बुधबार हटाइएको पहारीले जनाए ।

पोखरा लेखनाथ महानगरपालीका, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, क्लिन लेकसाईड, नगर प्रहरी तथा नेपाल प्रहरी, नागरिक समाज, आमा समुह लगायतको अगुवाईमा भएको अनुगमनमा करिब वटा साईन बोर्ड नियन्त्रणमा लिईएको संयोजक पहारीले बताए । उनका अनुसार नियन्त्रणमा लिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु महानगरपालिकामा राखिएको छ । बुधबार हल्लनचोक देखि बाराहीघाट सम्मको क्षेत्रमा अनुगमन भएको पहारीले जनाए । दुई गाडी करिब ७० वटा साइनब बोर्ड महानगरपालिकामा मापदण्डविपरित राखिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु लगिएको संयोजक पहारीले जनाए ।

advertisement

अनुगमनमा सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भिम पराजुली, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु भट्टराई, क्लिन पोखराका अध्यक्ष महेन्द्र नेपाली, सरसफाई अभियानका संयोजक सोभित परियार, पर्यटन व्यवसायी मंगल नेपाली, लगायतकाको सहभागिता रहेको थियो । विभिन्न व्यापारिक प्रवद्र्धन गर्न सडक पेटिमा राखिएका साईन बोर्डहरु टोलीले नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले पुनः अनुगमनलाई तिव्रता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Close