पोखरा न्युज, २ फागुन ।
पोखरामा पार्किङ् गरेर राखेको बसमा अचानक आगलागी भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका १४ मझेरिपाटनमा पार्किङ् गरेर राखेको बसमा आगलागी भएको हो । ग १ ख ६९२५ नम्बरको बसमा भएको आगोलागीबाट बसको भित्रि भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीको अगाडिको सिसा समेत फुटेको छ । स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय रामबजारको टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।
आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पोखराको जिरोकिलोमिटरमा करिब महिना दिन अगाडी सोहि प्रकितिको घटना घटेको थियो ।