क्यानडामाथि नेपालको १ विकेटको रोमाञ्चक जित, विश्वकप छनोट खेल्ने पक्का

पोखरा न्युज, २ फागुन  ।

क्यानडामाथि एक विकेटको  जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।

नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई एक विकेटले  हराउँदै विश्वकप छनोटमा  स्थान बनाएको हो ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो।  १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । जित असम्भव जस्तो खेललाई करन केसीले  चार छक्का र तीन चौका हान्दै बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो  । क्रिजमा रहेका कारणले लगातार चार बलमा कुनै  रन जोड्न सकेनन् । पाँचौं बलमा  छक्का हान्दै जितको आश जगाएका करणले अन्तिम बलमा  चाहिएको एक रन  सहजै पुरा गरे र नेपालाई विश्वकप छनोटमा पुर्‍याए ।

त्यस अघि  बल बाइड भएसँगै नेपालको खातामा एक रन थपिदा  दुबै टिमको स्कोर ड्र भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button