प्रदेश ४ को सभामुखमा अधिकारी निर्विरोध निर्वाचित

पोखरा न्युज , ३ फागुन ।

प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ।

विहिबारको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे। अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्यहरू हरि चुमान रहेका थियो भने समर्थकमा किरण गुरुङ रहेका थिए।

सभामुख पदमा निर्वा्चित भएकामा बधाई दिँदै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका बैठकलाई सु–सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य श्रेष्ठले सो प्रदेशको मुख्य मन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिएको प्राप्त पत्र पढेर सुनाएका थिए। संविधान एवं संघीयताको कार्यान्वयन प्रमुख प्राथमिकतामा नवनिर्वाचित प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संविधान एवम् संघीयताको कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए।

प्रदेशसभा बैठकबाट निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीसंग अधिकारीले आवश्यक कानून निर्माणसहित समृद्धिका लागि सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताए। सभामुखको जिम्मेवारीसंगै आफूले पक्ष वा प्रतिपक्ष कसैको नभई सबैलाई सन्तुलन मिलाएर साझा भूमिका निर्वाह गर्दै जाने बताए।

सभामुख पदमा रहँदासम्म साझा भएर प्रस्तुत हुने बताउँदै अधिकारीले आजकै दिनबाट पार्टीको कुनै पनि औपचारिक जिम्मेवारीमा नरहेको उल्लेख गरे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button