पोखराको न्युरोडमा सिटी स्क्वायर व्याङ्क्युट तथा रेष्टुरेन्ट संचालन

पोखरा न्युज – ०४ फागुन । 

पोखराको मुटु न्युरोडमा अत्याधुनिक सुविधासम्पन्न सिटी स्क्वायर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ। सफल युवा उद्यमीहरुको समूहले ७ करोड रुपैयाँको संयुक्त लगानीमा संचालनमा ल्याइएको व्याङ्क्युटले शुक्रवारदेखि पूर्ण क्षमतामा सेवा दिने तयारी थालेको छ।

बजारको केन्द्रमा अवस्थित रहेको व्याङ्क्युट तथा रेष्टुरेन्टले गुणस्तरिय तथा ग्राहकहरुको रोजाईअनुसारको सेवा दिने दावी गरेको छ। व्याङ्क्युटमा ठूलोदेखि साना सवै खालको कार्यक्रमहरु गर्न मिल्ने ४ सय, २ सय ५०, ६० र १५ जना क्षमताका ४ वटाहलहरुका साथै ७० जना क्षमताको रेष्टुरेन्ट तथा बार पनि रहेका छन्।

चारवटै हलहरु आधुनिक तरिकाले निर्माण गरिएको साथै एयर कन्डिसन र साउन्ड प्रुफ रहेको छ। विभिन्न कार्यक्रम तथा उत्सवको लागि आवश्यकता वमोजिमको सेवाका साथ कार्यक्रम गर्न सकिने वताइन्छ। परिसरमै वार, कफी सप तथा जुस कर्नर छ।

‘पोखरा अव प्रदेशको राजधानीमात्र नभई अन्तराष्ट्रिय शहर वन्दै छ। पर्यटकीय शहरमा अत्याधुनिक सुविधासम्पन्न व्याङ्क्युट पनि आवश्यक छ,’ सिटी स्क्वाएर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले भने, ‘बजारको नजिकै सुविधासम्पन्न हलको अभावमा अन्यत्र भौतारिनुपर्ने समस्या अव हुँदैन। उत्कृष्ट सेवादिने गरि हामी आएका छौँ।’

विवाह, व्रतवन्ध लगायतका कार्यक्रमहरुको लागि पनि मन्डपदेखि आवश्यक सवै सुविधा एकै ठाँउमा भएको कम्पनीको भनाई छ। कम्पनीका दक्ष र व्यवसायिक ५० जनाको जनशक्तिले सेवा दिने प्रवन्ध निर्देशक आदर्शमान श्रेष्ठले वताए। ‘हामीसँग भएको सवै जनशक्ति अनुभवी र दक्ष छन्। ग्राहकको रोजाईअनुसारको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ आएका छौँ,’ श्रेष्ठले भने, ‘बजारको केन्द्रमा भएपनि पर्याप्त पार्किङको लागि ठाउँ छुट्टाएका छौँ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button