पोखरामा भेट्रान बास्केटबल सुरु, उद्घाटन खेलमा कास्की पराजित

पोखरा न्युज – ०४ फागुन । 

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्शद्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ कृतिपुर भेट्रान संग ४३–३२ को स्कोरमा पराजित भएको छ ।

यस्तै बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबिसीलाई ८०–६८ ले पराजित गरयो पुन समाजलाई जिताउन पुन समाजका तिलक पुन एक्लैले ५० अंक बटुले । काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३–४३ को स्कोरले पराजित भयो । ठमेलका कर्मा गुरुङ एक्लैले टिमलाई जिताउन ३५ अंक बटुलेका थिए ।

त्यसै गरि एक्स आर्मीले तनहुँ बास्केटबल संघलाई ७२–२० को स्कोरले पराजित गर्दा ठमेल युनाइटेडले तनहुँलाई ४५–२१ को स्कोरले पाखा लगायो ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादर जिशीले पोखरालाई खेलकुदको राजधानीको शहरको रुपमा बिकास गर्न महानगरले छिट्टै योजना बनाउने बताए । उनले पोखराको खेलकुद बिकासमा महानगरले आफुना नागरिकको स्वस्थ्यका विषयमा विशेष चासो दिंदै हरेक वार्डमा एक खेल मैदान बनाउने योजना समेत भएको बताए ।

कास्की जिल्ला बास्केटबल संघका नेत्र बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बास्केटबल कोर्टलाई अत्याधुनिक बनाउन पहल सुरु भएको बताए । उनले खेलाडी बाट पदकको आशा गर्नु भन्दा पनि खेलाडीलाई अत्याधुनिक खेल स्थल उपलव्ध गराइनु पर्ने कुरामा जोड दिए । विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन ५ गते सम्पन्न हुने प्रतियोगितका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button