पोखरामा ४ नं प्रदेशका मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीको शपथग्रहण

उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्रीमा बस्नेत नियुक्त

पोखरा न्युज – ४ फागुन ।

४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उक्त प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार विहान पोखरामा गोपनीयता तथा शपथग्रहण गरेका छन् ।

प्रदेशप्रमुख बाबुराम कुँवरले मूख्यमन्त्री गुरुङ र सभामुख अधिकारीलाई गोपनीयता तथा शपथग्रहण गराएका हुन् ।

शुक्रबार बिहानै नव नियुक्त मूख्यमन्त्री गुरुङले दुई सदस्यीय मन्त्रीमण्डल गठनसमेत गरेका छन्। गुरुङले ४ नं प्रदेशसभाको अर्को मन्त्रीमा रामशरण बस्नेतलाई उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री बनाएका हुन्। मन्त्री बस्नेतलाई शुक्रबार विहान गोपनीयता तथा शपथग्रहण गराएका छन्। बस्नेत गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button