निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै

पोखरा न्युज – ०४ फागुन ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार निजी निवास सर्दै छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए । उनी आज दिउँसो बूढानीलकण्ठस्थित निजी निवास सर्न लागेका उनका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button