आफ्नै बहिनीको बलात्कार गरी हत्या गरेको आरोपमा युवक पक्राउ

पोखरा न्युज – ०५ फागुन ।

सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।

खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

गत माघ २५ गते घरमा कोही नभएको बेला आफ्नो नजिकको नातामा बहिनी पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरको प्रहरीको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button