पोखरामा प्रदेश नं ४ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ

पोखरा न्युज – ०५ फागुन ।

प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरूलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पार्दीस्थित क्षेत्रीय प्रशासन कार्यालयको समीक्षालयमा शपथ गराएका हुन् । समारोहमा मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रमुख सचिव लक्ष्मण अर्याल, प्रदेशसभा एवं प्रतिनिधिसभा सदस्य, उच्चपदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो । यसअघि शुक्रबार बिहान प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्री गुरुङ, सभामुख अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button