पल्सर डेयर भेन्चरको उपाधि विजेता श्रेष्ठलाई पोखरामा सम्मान

 

पोखरा न्युज – ०५ फागुन ।

पल्सर डेयर भेन्चरको उपाधि विजेता पोखरेली युवा व्यवसायी अमित श्रेष्ठलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।

शनिबार पोखरामा लायन्स क्लव अफ हेमजाका पुर्व अध्यक्ष राजेन्द्र सापकोटा, कानुन व्यवसायी फडिन्द्रराज कोइराला, शिव प्रसाद कोइराला, राम थापा लगायतले उनलाई खाद लगायर सम्मान गरेका हुन ।

पहिलो संस्करण देखि बजाज पल्सर डेयर भेन्चरको उपाधिमा भिडेका श्रेष्ठले अन्ततः तेश्रो प्रयासमा उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन । श्रेष्ठले तेस्रो संस्करणको बाइक रियालिटी शो (बजाज पल्सर डेयर भेन्चर) को उपाधि सहित नगद १० लाख पुरस्कार प्राप्त गरेका थिए । साथै उनले पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट प्लस मोवाइल हात पार्न सफल भएका हुन।

पोखरामा बाइकको रिकन्डिसन व्यवसाय गर्दै आएका श्रेष्ठले ४ हजार प्रतियोगिहरु मध्य फाइनल चरणमा दुई जनालाई पछि पार्दै उक्त उपाधि जितेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button