कास्की प्रहरीको लागुऔषध नियन्त्रण महाअभियानमा पोखरेलीको उल्लेख्य साथ

पोखरा न्युज , ५ फागुन।

कास्की प्रहरीको लागुऔषध नियन्त्रण महाअभियानमा पोखरेलीले  उल्लेख्य रुपमा साथ दिएका छन् ।

पोखरामा शनिबार निकालिएको लागु औषध नियन्त्रण महाअभियानको बृहत् जनचेतना ¥यालीमा पोखरामा क्रियाशील २ सय ७० भन्दा बढी सामाजिक संघसंस्थाहरुका पदाधिकारी तथा सदस्यहरु र सर्वसाधारणहरुको  उल्लेख्य सहभागिता थियो। कास्की प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रणको महाअभियान अन्तर्गत वडा प्रहरी कार्यलय बगर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, जिल्ला समन्वय समिति कास्की र प्रहरी सेवाकेन्द्र बगरको संयुक्त आयोजनामा ¥याली निकालिएको हो।

प्रमुख अतिथि एवम् पोखरा लेखनाथ महानगरपलिका प्रमुख मानबहादुर जिसी.ले ¥यालीको उद्घाटन गरेका हुन्। पोखराको टुँडिखेलबाट सुरु भएको ¥याली पोखराका विभिन्न स्थान हुँदै पुनः टुँडिखेलमा पुगेर कोणसभामा परीणत भएको थियो। विभिन्न पर्चा पम्पलेट लगायत बाजागाजा र व्यानरसहित ¥याली निकालिएको थियो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक असोक सिंहले कोणसभालाई सम्बोधन गर्दैे महाअभियानबारे बताउँदै आफूहरुले लागु औषध नियन्त्रण महाअभियान अन्तरगत सवै वडाहरुमा लागुऔषध नियन्त्रण विशेष समिति गठन गरेको बताए। विभिन्न सरोकारवाला निकायहरुसंग अन्तक्रिया गर्नुका साथै विद्यालयहरुमा प्रशिक्षण एवम् जनचेतनामूलक वृहत् ¥ֹयाली लगायतका विभिन्न क्रियाकलापहरु गरिसकेको उल्लेख गरे। आगामी दिनहरुमा समेत यसको निरन्तरताको लागि थप जनमुखी गतिविधिहरु गर्ने एसपी सिंहको भनाई थियो।

उक्त अवसरमा महाअभियानमा सहयोग पु¥याउने विभिन्न व्यक्ति एवम् संघसंस्थाहरुलाई सम्मान गरिएको  थियो भने  विविध चेतनामूलक सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।

कास्की प्रहरीले यसअघि कास्कीको लेखनाथ, बैदाम तथा रामबजार  (अमरसिंह) मा सम्पन्न  गरेको सचेतनामुलक  ¥यालीमा समेत जनसहभागिता व्यापक रहेको थियो । कास्की जिल्लालाई लागुऔषध मुक्त बनाउने योजनाका साथ् कास्की प्रहरी प्रमुख सिंहले लागु औषध नियन्त्रण महाअभियान संचालन गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button