अंग्रेजी भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड

पोखरा न्युज – ०६ फागुन ।

विभिन्न मुलुकमा अंग्रेजी भाषाको विकासमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले उक्त भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड दिएका छन् ।

अंग्रेजी भाषाले विश्व परिवेशलाई सम्पर्क भाषाका रुपमा जोड्ने हुँदा सरल प्रयोगका लागि पछिल्लो पटक विकास भएका प्रविधि प्रयोग गनुपर्ने बताइएको छ ।

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को आयोजनामा यही फागुन ३ गतेदेखि शनिबारसम्म काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा भएको २३ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले ब्लग, इन्टरनेट, विकिपिडियालगायतमा भाषाको सिकाइलाई समावेश गर्न आग्रह गरिएको छ ।

उक्त सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, बेलायत, संयुक्त राज्य अमेरिका, इजरायल, जापान, सिंगापुर, थाइल्याण्ड र अष्ट्रेलियाका २५० विज्ञले अंगे्रजी भाषामा शिक्षणसम्बन्धी विषयवस्तुमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेल्टाका तालिम संयोजक सरिता देवानले पेशागत दक्षता विकास शिक्षक समुदायअन्तर्गत हुने कार्यक्रमबाट गर्न सकिने बताउँदै उनीहरुलाई राम्रोसँग सिकाउन सक्ने सीप विकास गर्न सम्मेलन उपयोगी भएको विचार व्यक्त गरिन । उनले विश्व सञ्चार जोड्न सक्ने अंग्रेजी भाषाको विकासका लागि गत वर्ष एक हजारलाई तालिम प्रदान गरिएको जानकारी दिइन् ।

विषयवस्तु, भाषा र प्रविधि अंग्रेजी भाषा शिक्षणमा दृष्टिकोण तथा आयामका रुपमा विकास गर्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएका सम्मेलनमा एक हजार २६० सहभागी भएका र त्यस कार्यका लागि भारत, संयुक्त राज्य अमेरिका र बेलायती दूतावासले उक्त सम्मेलनका लागि सहयोग उपलब्ध गराएका थिए ।

ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा अंग्रेजी विषय अध्यापन गराउँदै आउभएका हरि आत्रेयले भाषाका विकासका लागि गुणस्तरीय तालिम उपलब्ध गराउन खाँचो रहेको बताउँदै त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय तहका विज्ञलाई समन्वय गरी नेल्टाले काठमाडौँमा प्रत्येक वर्ष यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ । मुलुकका विभिन्न ५१ जिल्लामा शाखा विस्तार गरेको उक्त संस्थाले अन्तर्राष्ट्रिय तहका ३१ शिक्षक संस्थासँग ज्ञान-सीप आदानप्रदान गर्ने उद्देश्यबाट नेपाली शिक्षकलाई विदेशमा खोज अनुसन्धान गर्नका लागि समझदारी गरेको छ ।

अंग्रेजी भाषामा उच्च सिक्षा अध्ययनका लागि ती मुलुकबाट प्राप्त हुने छात्रवृत्ति नेल्टामार्फत यहाँ प्राप्त हुने र मानव संशाधन फाँटद्वारा विभिन्न प्रक्रियाबाट शिक्षक छनोट गरी शिक्षक बाहिर पठाउने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button