अध्यक्ष प्रचण्ड संसदीय दलका नेतामा निर्वाचित

पोखरा न्युज – ०६ फागुन ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् ।

माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले  जानकारी दिए । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल पनि एकताअन्तर्गत पार्टीको मार्गदर्शक सिद्धान्त एवम् सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने प्रवक्ता भुसालले बताए । सो अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button