पोखरामा सोमबारदेखि कलेजस्तरीय प्रिमियर लिग क्रिकेट

पोखरा न्युज – ०६ फागुन । 

सोमबारदेखि पोखरा रंगशालामा एक्सपर्ट कलेज प्रिमियर क्रिकेट प्रतियोतिगा शुरु हुदैं छ । एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस प्रालिको मुख्य प्रायोजना हुने प्रतियोतिगाको उदघाटन खेल कुमुदिनी होम्सले अमरसिंह उच्चमाविसित खेल्ने छ । दोस्रो खेल भने पृथ्वीनारायण क्याम्पसले जनप्रिय बहुमुखी क्याम्पसँग प्रतिस्पर्धा गर्ने छ ।

दुई संस्करण काठमाडौंमा सम्पन्न गरिसकेको प्रालिले तेस्रो सस्करण भने पोखराबाट शुरु गर्ने तयारी अनुरुप सोमबारदेखि पोखरामा शुरु हुने छ । टी—२० प्रतियोगितामा पोखराका १० कलेजले सहभागिता रहेको छ । पोखरामा हुने लिगकम नकाउटमा खेलाईने प्रतियोगितालाई उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) तथा राष्ट्रिय खेलकुद परिषदले समन्वय गरेको छ । फागुनको १६ गतेसम्म सञ्चालित हुने प्रतियोगितामा विजेतालाई क्रिकेट सामाग्री(ड्युज क्रिकेट व्याट) प्रदान गरिने छ । उपविजेतालाई पनि क्रिकेट सामान दिईने पोखरास्थित एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस प्रालिका निर्देशक रमेशकुमार थापाले बताए ।

पोखरामा हिसानमा आवद्ध ६० कलेज छन् । हिसानका अध्यक्ष रामजी शर्माले अध्ययनसँग विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको रुपमा क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सबै कलेजलाई आग्रह समेत गरे । उनले क्रिकेट प्रतियोगितालाई हिसानले सहयोगी भूमिका समेत खेल्ने स्पष्ट पारे । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ व्याट्सम्यान, उत्कृष्ठ बलर लगायतलाई समेत पुरस्कृत गरिने छ । सहभागि कलेजलाई आयोजकले जर्सी सेट उपलब्ध गराउने प्रतियोगिता संयोजक विधान श्रेष्ठले बताए । प्रतियोगिता पोखराबाट शुरु भई चितवन, धनगढी, भैरहवा, काठमाडौं, विर्तामोड, दाङ, इटहरी, नेपालगन्ज शहरमा खेलाइने आयोजकले जनाएको छ । विजेता कलेजले कलेजस्तरीय च्याम्पियन्स लिग खेल्ने छन् । एक्सपर्टले पोखरामा गतवर्ष विद्यालयस्तरीय टी—२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा गण्डकी आवासिय विद्यालय, ग्यालेक्सी उच्चमावि, स्याङजा उच्चमावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालय,सत्यवती उच्चमाविले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button