माटोले पुरिएर सासूबुहारीको मृत्यु

पोखरा न्युज – ०७ फागुन ।

संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ ।

करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button