वडाध्यक्ष मोहम्मदका हराएका ६ वर्षीय छोरा मृत फेला

पोखरा न्युज – ०७ फागुन  ।

चार दिनअघि हराएका कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् ।

गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले भने चार दिनअघि आफ्नो छोरा हराएको नभई अपहरणमा परेको बताएका छ । अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दाबी गरेका छन् । मृतक बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

शव आइतबार नै परीक्षण गरिएको छ । अहिलेसम्म रिपोर्ट नआएको हुँदा केही भन्न नसकिने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button