संघीयतालार्इं सफल पार्ने कर्मचारीले ठिक ढंगले काम गर्न प्रदेश ४ का सभामुखको निर्देशन

डिएनबी, पोखरा न्युज – ०७ फागुन ।

प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले संघीयतालाई सफल पार्ने कर्मचारीलाइ ठिक ढंगले काम गर्न निर्देशन दिएका छन। प्रदेश सभा सचिवालयका कर्मचारी तथा संचारकर्मीहरुका लागि सोमबार पोखरामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख अधिकारीले संघियतालाई ठिक ढंगले अघि बढाउन मुख्य कर्मचारीको हात हुने हुदा उनीहरुलाई ठिक ढंगले काम गर्न निर्देशन दिएका हुन ।

संघियता कार्यन्वयनको पहिलो चरणमा रहेकोले सिक्ने अवस्थामै रहेको उल्लेख गर्दै सभामुख अधिकारीले सिक्न लालाहित भएको राम्रोसंग सिकेर विश्वको सामु नमुना प्रदेश बनाउने आफुहरुको योजना भएको जनाए । उनले भने “ संघियता प्रदेशलाईं सफल पार्न कर्मचारीले ठिक ढंगले अगाडी बढाएमा संघियता सफल हुन्छ ।” प्रदेश सरकार संघीयताको जग बसाल्ने अबस्थामा रहेको जनाउदै सभामुख अधिकारीले प्रदेशको विकास र समृद्धीको लागि समाजवाद उन्मुख हुने बताए।

संचार क्षेत्रलाई लक्षित गर्दै सभामुख अधिकारीले भने “संघियता कार्यन्वयनमा अब संचारजगतले नकरात्मक भन्दा सकरात्मक कुराहरुलाइ बढी प्रथामिकता दिनु पर्यो, हाम्रो ४ नम्बर प्रदेश अन्य प्रदेशको तुलनमा समृद्धि प्रदेश बनाउन चहान्छौं । ” यो प्रदेशबाट पुरानो राज्य संस्थाको सुरुवात भएको हुनाले पनि ऐतिहासिक महत्व समेत रहेको अधिकारीले बताए । प्रदेशको समृद्धि र विकासको लागि कर्मचारी, सभासद, पत्रकार आम जनता सवैको सकरात्मक सहयोग र सुझावको आवश्यक भएको सभामुख अधिकारीले बताए ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले संघियता पहिलो पटक कान्वयनमा आएकोले यसको बारेमा सुस्म ढंगले कर्मचारीलाई बुझाउनु पर्ने भएकोले कर्मचारीसंगै केही पत्रकारहरुको लागि समेत उक्त अभिमुखिकरण तालिम प्रदान गरिएको बताए । प्रदेशको बैठक तथा कार्यक्रमहरु प्रभावकारी र मर्यादित पार्न पनि पहिलो चरणको उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए । प्रदेशसभा तथा मन्त्रालय सञ्चालनका लगि सरकारले खटाएका सबै कर्मचारी प्रदेशमा आएका छैनन । नोपल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संसदको मर्यादालाई ख्याल राख्न प्रदेश सभाको भुमिका रहने हुदा यस्ता कार्यक्रम आबश्यक भएको बताए । यूएनडिपीका दिला दक्त पन्तले संसदीय बाह्य पहुँच, कर्मचारुी र मिडिया बिषयममा कार्यपत्र प्रस्तुत गरेका थिए । संसदमा विधि व्यवस्थापन र संसदीय प्रक्रियामा सञ्चार जगतको भूमिका विषयमा सहसचिव बुढाथोकीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरे । प्रदेशसभा सचिवालय र संसदीय प्रक्रियाबारे आधारभूत जानकारी समेत उनले गराएका थिए । कार्यक्रममा उपसचिव नगेन्द्रराज पौडेल, गोपाल सिग्देल, कम्प्यूटर अधिकृत अनन्त कोइृराला लगायतले सांसद सुविधाका विषयमा, प्रश्न ब्याबस्थापन, संसदीय समिति, काम कारबाही र प्रक्रिया बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button