पोखरामा नव आर्दश समाजको रक्तदानबाट ३२ युनिट रंक्त संकलन

पोखरा न्युज – ०७ फागुन ।

राष्ट्रिय प्रजातन्त्रको अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा आज (सोमबार) पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ३२ युनिट रंक्त संकलन भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जिवन आचार्यले पहिलो रक्तदाता समाजका पुर्व अध्यक्ष नविन भण्डारीलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेको कार्यक्रम संयोजक संजय कुमार अधिकारीले बताए ।

समाजका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष आचार्य, स्थानिय पुष्पेन्द्र पाण्डे, सचिव रेस्मा शेरचन अधिकारी लगायतले वोलेका थिए । गण्डकी आवासिय बिद्यालयमा रहेको रेडक्रस सोसाईटीसंगको सहकार्य र क्षेत्रिय रंक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको पुर्व अध्यक्ष बुद्धि क्षेत्रीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button