पर्यटक बस सेवाको स्तरीकरणका लागि अध्ययन भ्रमण

पोखरा न्युज – ०८ फागुन ।

पर्यटक बसका माध्यमबाट नेपालको पर्यटकीय विकासमा योगदान पुरयाउँदै आएको टुरिष्ट बस एशोसिएसन अफ नेपालले पर्यटक बस सेवाको स्तरीकरणको उद्देश्यका साथ अध्ययन भ्रमण गरेको छ ।

संस्थामा आवद्ध १९ जना व्यवसायी सहभागी टोलीले भारतको गोवा, कर्नाटक, धारोढ र मुम्बई लगायतका क्षेत्रको भ्रमण गरेको संस्थाका महासचिव एवम् यति एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार अवलोकन भ्रमणका क्रममा टाटा मार्को प्लो मोटर्सका व्यवस्थापक साथै टाटा मोटर्स लिमिटेडका अन्तराष्ट्रिय बजार व्यवस्थापकसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।

टोलीले मुम्बइस्थित होटल ताजमा विभिन्न बडी विल्डर्ससँग छलफल एवम् अन्तरक्रिया गरेको आचार्यले जानकारी दिए । अध्ययन भ्रमणको सम्पूर्ण व्यवस्थापन सिप्रर्दी ट्रेडिङ प्राइवेट लिमिटेडले गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button