टिप्परको ठक्करबाट पोखरामा एक युवतीको ज्यान गयो

पोखरा न्युज, ८ फागुन ।

टिप्परको ठक्करबाट सोमबार बेलुका पोखरामा एक युवतीको ज्यान गएको छ ।

पोखरा लेखनाथ १४ स्थित  चाउथेमा सोमबार बेलुकी करिब ८ बजेको समयमा  टिप्परले ठक्कर दिदाँ स्कुटरमा सवार स्याङ्जा आँधीखोलाकी  बन्दना पौडेलको मृत्यु भएको हो । ना ६ ख ९००६ नम्बरको टिप्परले  २१ वर्षीय पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार दुर्घटनाबाट पौडेलको शरीरका मुख्य अङ्ग टाउको र खुट्टामा  बढी चोट लागेको थियो ।  पौडेललाई दुर्घटना लगत्तै  उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याईएकोमा उपचारकै क्रममा  अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

गण्डकी मेडिकल कलेजमा कार्यरत पौडेल काम सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको  बताइएको छ  ।टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button