राष्ट्रिय युवा शक्तिमा लोहनी

पोखरा न्युज – ०८ फागुन ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ ।

उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ छन् भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ ।

सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ छन् । बाँकी छ केन्द्रीय सदस्य समावेशी आधारमा भूगोल र क्षेत्रको सन्तुलन मिलाएर मनोनयन गरिनेछ ।

नवगठित संगठनका अध्यक्ष लोहनीले आगामी दिनमा देशभर तदर्थ समिति गठन गरी युवा बेरोजगारीका समस्या समाधान तथा युवा सशक्तीकरणका लागि गतिविधि सञ्चालन गरिने जानकारी दिए ।

मुलुकमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रमा दबाब दिने र पार्टीको निर्देशनमा देशैभर संगठन सुदृढीकरणमा क्रियाशील रहने उनले बताए ।

डा प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेको सो पार्टीले अर्को जनवर्गीय संगठनका रुपमा चाँडै महिला संगठन गठन गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button