पोखराको विजयपुरमा बम विष्फोट हुदाँ पत्रकार र प्रहरी घाइते

पोखरा न्युज , ८ फागुन ।

पोखराको विजयपुरमा मंगलबार बम विष्फोट भएको छ । विष्फोटमा  परि  पत्रकार र  प्रहरी गरी दुइजना  घाइते भएका छन् ।

पोखराको विजयपुरमा आज करिब ११ः४० बजे बम विष्फोट हुाद पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खबी घाईते भएका हुन ।पत्रकार पाण्डेको घाँटी र टाउकोमा चोट लागेको छ भने प्रहरीको  शरीरमा चोट लागेको छ । उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको पत्रकार सन्देस श्रेष्ठले बताए । उनका अनुसार संकास्पद बस्तु देखे पछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासि बम फिष्फोटन भएको हो ।

नेकपा माओबादीको विप्लव समुहले आह्वान गरेको बन्दका क्रममा  विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु भेटिएपछी घटनास्थलमा  प्रहरी, पत्रकार तथा सर्वसाधारण  पुगेका थिए ।  घटनास्थलमा  नेपाली सेनाको बम डिस्पोजल टोली नपुग्दै  वम विष्फोट भएको थियो।

यसअघी पोखराकै नागढुंगामा शंकास्पद वस्तु भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगी  डिस्पोज गरेको थियो । पोखरा एयरपोर्टमा रहेको कालिभन्जन गणको बम डिस्पोज गर्ने टोलीले उक्त बम डिस्पोज गरेसंगै बारुदको गन्ध आएको स्थानियले बताए । जेब्रा झोला भित्र टिफिनमा राखिएको संकास्पद बस्तु डिस्पोज गर्दा बम हुन सक्ने गरी गन्ध आएको टोलीमा खटिएका कालिभनजन गणका मेजर वल बहादुर थापाले बताए ।

बन्द संगै पोखरा क्षेत्रमा बिहादै देखि फाट्य फुट्य सवारी साधनहरु चले पनि पोखराका विभिन्न उद्योग भन्दा कलकारखाना, पसलहरु, स्कुल तथा क्याम्पस पुर्ण रुपमा ठप्प रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button