पोखराका विभिन्न ठाँउमा बम आतंक, प्रदेश प्रमुखको निवास नजिकै पनि बम भेटियो

विभिन्न संघ संस्थाद्धारा घटनाको भत्सना, दोषी उपर कारवाहीको माग

डिएनबी, पोखरा न्युज – ०८ फागुन ।

विप्लव माओवादीले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्दको क्रममा पोखराका विभिन्न ठाँउमा बम राख्दै बम बिष्फोट समेत गराउदा, पोखरामा बम आतंक मच्चिएको छ । पोखराको विजयपुरमा बम बिष्फोट भएको घटना सेलाउन नपाउदै प्रदेश प्रमुखको निवास नजिक बम भेटिए पछि पोखरेलीहरुमा बम आतंक मच्चिएको हो ।

पोखराको नाँगडुंगामा रहेको कमाण्डलु बम डिस्पोज पारेको घटना सेलाउन नपाउदै विजयपुरमा बम भेटिए पछि उक्त बम डिस्पोज गर्न टोली जादै गर्दा बम बिसफोट भई पोखराका एक पत्रकार घनश्याँम पाण्डे र एक प्रहरी जवान कुलबहादुर खत्री घाईते भएका छन। पोखराको विजयपुरमा मंगलवार करिब ११ः४० बजे बम विष्फोट हुदा पत्रकार पाण्डेको घाँटी र टाउकोमा चोट लागेको छ भने प्रहरी खत्रीको घाटीमा चोट लागेको छ ।

उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । विजयपुरको पुलको नजिक संकास्पद बस्तु देखे पछि स्थानियले प्रहरीलाई खवर गरे पछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासि बम फिष्फोटन हुदा बमको छर्राले लागेर पत्रकार र प्रहरी घाईते हुन पुगेको कास्कीका प्रहरी प्रवक्ता खड्ग बहादुर खत्रीले बताए । उक्त बम प्रेसर कुकर टायम बम हुन सक्ने कालिभन्जन गणका मेजर वल बहादुर थापाले  बताए ।

विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा पोखराका ३ विभन्नि ठाँउमा बम राखिएकोले पोखरेलीहरुमा बम आतंकै मचिएको छ । पोखराको नागढुंगामा संकास्पद बस्तु देखे पछि नेपाली सेनाको बम डिस्पोजन टोलीले डिस्पोज गरेको छ । पोखरा एयरपोर्टमा रहेको कालिभन्जन गणको बम डिस्पोज गर्ने टोलीले उक्त बम डिस्पोज गरेसंगै बारुदको गन्ध आएको स्थानियले बताए । जेब्रा झोला भित्र राखिएको कमाण्डलु बम कालिभनजन गणको टोलीले डिस्पोज गरेको हो ।

गणका मेजर वल बहादुर थापाको नेतृत्वमा विहानै देखि बम डिस्पोजन गर्न हिडेको टोली वेलुकासम्म बम डिूस्पोज गर्न व्यस्त रहेको थियो । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुंवरको निवास नजिक अर्थात नाँगडुंगामा राखिएको बम भन्दा करिब ५ सय मिटर टाडाको दुरीमा सुतली बम भेटिएको गणका मेजर थापाले पोखरा न्युज लाई बताए । पोखरामा बम फिष्फोट भएर पत्रकार र प्रहरी नै घाईते भएको घटनाले त्रसित भएका पोखरेलीहरु प्रदेश प्रमुखको निवास नजिक भेटिएको बमले थप त्रसित भएको स्थानिय मिन बहादुर राना मगरले बताए । त्यसै गरी पोखरा लेखनाथ महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको पोखरा भ्यूीप्वाईन्ट नजिक संकास्पद बस्तु समेत भेटिएको थियो । उक्त बस्तुलाई नेपाली सेनाको एक टोलीले अनुसन्धान गर्दा बम नभएको पुष्टि गरेको छ ।

पोखरा क्षेत्रमा बिहानै देखि फाट्य फुट्य सवारी साधनहरु चले पनि पोखराका विभिन्न उद्योग भन्दा कल, कारखाना, पसलहरु, स्कुल तथा क्याम्पस पुर्ण रुपमा ठप्प भए । देशमा संघियता लागु भए पनि बन्दको प्रभाव भने अघिल्ला पटकमा हुने भन्दा यस पटक केहि सवारी साधनहरु गुडेका देखिन्थे भने अन्य क्षेत्रमा यसले उतिकै प्रभाव पारेको देखिन्थ्यो । वुलेका ५ बजे देखि पुर्ववत रुपमा सवै सेवा पुनः संचालनमा आएका हुन्न।

पोखराका विभिन्न ठाँउहरुमा बम राखिएको र बम बिष्फोटबाट पत्रकार र प्रहरी घाइते भएको बिषयमा माओबादी विप्लप नेतृत्वकी कास्की ईन्चार्ज सावित्री दुरीले उक्त घटना दुखत भएको बताईन। उनले पोखरा न्युज संग भनिन“ हामीलाई प्रहरी प्रसासनले हिड डुल गर्न पनि दिएको छैन, जनताले बम राखेका हुन सक्छन, तर हामीले बम राखेका होईनौं । ”

यसैबिच, नेपाल पत्रकार महासंघ कास्कीले महासंघका साधारण सदस्य घनश्याम पाण्डे समाचार संकलनका क्रममा मंगलवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ स्थित विजयपुर पुल नजिकै वम विस्फोट हुँदा सख्त भएको घटना प्रति खेद व्यक्त गर्दै घोर निन्दा एवं भत्र्सना गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञेप्तीमा भनिएको छ यस घटनाले स्वतन्त्र प्रेस माथीकै आक्रमण भएको छ। सार्वजनीक स्थानमा वम राखी आतंक सृजना गर्ने वन्दकर्र्ता (नेकपा विप्लव ) समूहलाई आगामी दिनमा यस्ता घटना नदोहो¥याउन वन्दकर्ता नेकपा (विप्लव समूह) लाई आग्रह गर्दै घटनामा संलग्न हुनेलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न प्रशासन सँग महासंघले जोडदार माग गरेको छ । साथै घाईतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गदेै पत्रकार पाण्डेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

त्यस्तै स्वतन्त्र पत्रकार संघ कास्की, प्रेस सेन्टर कास्की, प्रेस चौतारी कास्की, रिपोटर्स क्लव, कास्की, प्रेस युनियन कास्की, कृयाशिल महिला कास्की, नेपाल फोटो पत्रकार महासंघ कास्की, खेलकुद पत्रकार मञ्च कास्की, शान्तिको लागि नागरिक समाजको संजाल कास्की लगायतका संघ संस्थाले उक्त घटनाको भत्सना गर्दै घाईते पत्रकार र प्रहरीको शिघ्र स्वास्थ्य लाभाको कामना गर्दै घटनामा संलग्न व्यत्ति माथि कारावीको माग गरिएको छ । साथै उक्त घटनामा परी घाईते भएकाहरुको सरकारले सम्पुर्ण स्वास्थ्य उपचार गर्न समेत माग गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button