एसपी सिंह भन्छन : अब प्रहरीको पहुँच छलेर तास खेल्नेलाई कारबाही हुन्छ ( भिडीयो सहित )

पोखरा न्युज ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइल शैलीमा तास खेल्नेलाई कारबाही गर्ने बताएका छन् ।

जुवातास खेल्नेलाई प्रहरीले कारबाही गर्न थालेपछि केहि व्यक्तिहरुले तास खेल्ने शैली परिबर्तन गरी मोबाइल शैलीमा खेल्ने गरेको सुन्नमा आएकोले अब त्यस्ता व्यक्तिलाई समेत कारबाही गर्ने सिंहले बताएका हुन् । पोखरा न्युज डटकमको कार्यक्रम ‘भाइरल पोखरामा’ कुराकानी गर्दै सिंहले यस्तो दाबी गर्दै कारबाही गर्ने जनाएका  छन् ।

‘हामीले जुवा तास बिरुद्धको अभियान चलाएपछि मानिसहरुले संगठित रुपमा जुवा तास खेल्न छाडेका छन्,’ उनले भने – ‘केहि व्यक्तिहरु प्रहरीको पहुँच छलेर गाउँतिर गएर  (मोबाइल शैलीमा)  खेल्न थालेको भन्ने सुन्नमा आएको छ अब हामी उनीहरुलाई समेत समात्छौ,’ ।

कास्कीलाई लागुऔषध जुवातास तथा  अपराध मुक्त जिल्ला बनाउने तर्फ प्रहरी अग्रसर रहेको बताउदै सिंहले सो कार्यका लागी आफुले कुनै कसर बाकि नराख्ने दाबी गरेका छन् । अन्तर्वार्तामा सिंहले प्रहरी आचरण सुधारका कुरा, सर्भिस डेलिभरीका कुरा, देह ब्यापार, मापसे तथा शान्ति सुरक्षाको बिषयमा प्रष्ट पारेका छन् ।

के के भने त् एसपी सिंहले हेर्नको लागी भिडियोमा क्लिक गर्नुहोस्।

अध्यावधिक गरिएको ।

एसपी सिंह भन्छन : अब मोबाइल शैलीमा तास खेल्नेलाई समेत कारबाही हुन्छ भन्ने खबरमा पाठक बर्गले फोन मोबाइल भन्ने बुझेकाले शीर्षक परिबर्तन  गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button