पोखराको पीएनमा सेभेन ए साइड फुटबल सुरु

पोखरा न्युज , ९ फागुन ।

पोखराको पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

अनेरास्ववियू, स्याङ्जा पोखरा सम्पर्क कमिटिको आयोजनामा फुटबल प्रतियोगिता भएको हो। क्याम्पसका कूल २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन तीन खेल सम्पन्न भएका छन्। प्रतियोगितापूर्व मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। फरक दलमा आस्था राख्ने विद्यार्थीबीच मित्रवत् सम्बन्ध कायम राख्ने उद्देश्यले नेबिसंघ र अनेरास्ववियूबीच भएको मैत्रीपूर्ण खेलमा नेबिसंघले अनेरास्ववियूलाई ५–३ गोल अन्तरले पराजित ग¥यो।

यसअघि, नेकपा एमालेका युवा नेता एवम् अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष शोभियत ढकालले प्रतियोगिताको उद्घाटन गरे। उनले खेलमा पक्षविपक्ष खेल खेलुन्जेलमात्र हुने तर एकआपसमा कुनै द्वन्द्वभाव नहुने भएकाले विद्यार्थीहरुले पनि खेलमा अनुशासन भएजस्तै मेलमिलापको भावना लिएर अघि बढ्न सुझाव दिए।

क्याम्पसका स्ववियू पूर्व सभापतिसमेत रहेका ढकालले विद्यार्थीहरु अध्ययनका अलावा रचनात्मक तथा खेलकुदका क्रियाकलापमा सहभागी भई समृद्ध मुलुक निर्माणमा लाग्न अनुरोध गरे। कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ सल्लाहकार सदस्य अर्जुन ढकाल, अनेरास्ववियुका केन्द्रीय सदस्य भरतमान कोने गुरुङ, पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष राजन शर्मा पराजुली, स्याङ्जा पोखरा सम्पर्क कमिटिका पूर्वअध्यक्ष अर्जुन खनाल लगायतले बोलेका थिए।

अनेरास्ववियु स्याङ्जा पोखरा सम्पर्क कमिटिका अध्यक्ष स्विकार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिर्जना पोडेलले स्वागत तथा गोविन्द शर्माले सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button