पोखरामा जाइका ह्याण्डबलका प्रशिक्षक केन्जी सिहारालाई स्वागत

पोखरा न्युज , ९ फागुन ।

जाइका स्वयंसेवक केन्जी सिहारा जोस्व नेपालमा ह्याण्डवल खेलको विकास र विस्तारमा सहयोग पु¥याउनेगरी दुइबर्षिय प्रशिक्षणको लागि नेपाल आएका छन्। नेपाल ह्याण्डवल संघको निमन्त्रणामा जाइकाले आव्हान गरेको ह्याण्डवल प्रशिक्षकमा केन्जी छनोटमा परि हालै पोखरा आइसकेको संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए।

जापान घर भएका केन्जीले नेपालको ह्याण्डबल खेलको विकास गराउन पोखरामा केन्द्रीत भई देशका कुनैपनि ठाउँमा उनलाई प्रशिक्षणको लागि पठाउन सकिने अध्यक्ष गुरुङले बताए। उनले भने ‘केन्जी जुनियर कोच भएकोले हामीले बिद्यालय स्तरबाट ह्याण्डवल खेलको विकास गर्ने उद्देश्यले विदेशी प्रशिक्षक मगाएका थियौं। अब, उनको मागअनुसार देशका विभिन्न ठाउँमा पुगेर उनले प्रशिक्षण गराउनु हुन्छ। त्यो वातावरण हामीले मिलाउछौं।’

केन्जीसहित नेपाल आएका एसटी एन्ड्रीज विश्वबिद्यालय जापानका प्राध्यापक टेट सुया ओहनोलाई बुधबार पोखरामा स्वागत गरिएको छ। कास्की जिल्ला ह्याण्डबल संघ र नेपाल ह्याण्डबल संघले संयुक्त रुपमा उनीहरुलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरेको हो। संघका अध्यक्ष तेजबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङ लगायतले उनीहरुलाई खादा लगाएर स्वागत गरेका हुन्।
कार्यक्रममा जापानिज टोलीले ११ थान ह्याण्डबलसमेत प्रदान गरेको संघ कास्कीका बरिष्ठ उपाध्यक्ष चित्र थापाले बताए। आफूलाई नेपाल र नेपालको ह्याण्डबल खेलको विकास गराउने उद्देश्यले नेपाल आएको केन्जीले बताए।

यसअघि, ३० पटक नेपाल आएका प्रा. ओहनोले नेपालमा सामाजिक कार्यसंगै अब ह्याण्डबल खेलको बिकासमा आफूले सक्दो सहयोग गर्ने बताए। उनी भूकम्प जाँदासमेत नेपाल आएर सहयोग गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button