पोखरामा शुक्रबार पनि पानी पर्छ – मौसमविद्

डीएनबी, पोखरा न्युज – १० फागुन ।

यस बर्षकै हिउँदे समयमा विहिबार पोखरासहितको पहाडी क्षेत्रमा बर्षा भएको छ।

बर्षात् भएसंगै पोखरासहितका पहाडी क्षेत्रमा चिसो बढेको महशुस गरिएको छ। पश्चिमीवायु एवम् स्थानीय बायुको कारणले गर्दा पोखरामा विहिबार ६.१ मिलिमिटर, एमएम पानी परेको जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाले जनाएको छ। पोखराको आकासमा सानो वादल भएको र पश्चिम वायुको प्रभावले गर्दा विहिबार पोखरामा पानी परेपछि पूर्वतर्फ पानी पर्दै गएको मौसमविद् शान्ति कर्णेलले बताइन्।

पोखरा क्षेत्रमा धेरै तालतलैया भएकोले गर्दा दिउँसो घामले पानी वास्पीकरण भई तातो हावामाथि स्थानीय मौसमले पानी पार्न सहयोग गरेको उनले जनाइन्। पोखरासहितका पहाडी क्षेत्रमा विहिबार पानी परेको छ भने राति आकास सफा भएपनि शुक्रबार दिउँसो हल्का बर्षा हुने मौसमविद् कर्णेलले जनाइन्।

विहिबार पोखरासहित पहाडी क्षेत्रमा परेको पानी यस बर्षको हिउँदकै ठूलो बर्षा हो। यसअघि, केही साताअघि पोखरामा १.६ मिलिमिटर पानी परेको थियो। यद्यपी, दिउँदमा केही फाट्टफुट्ट पानी परेपनि त्यसको कुनै मापन नगरिएको मौसमविद् कर्णेलले बताइन्। पोखरामा दिउँसो २ बजेतिर फाट्टफुट्ट पानी परेपनि वुलेका केही बर्षात् भएको थियो। विहिबार पानी परेपछि स्थानीय कृषकलाई राहत मिलेको छ। दिउँसो पानी पर्नुअघि पोखरा क्षेत्रमा हावा हुरीसमेत चलेको थियो। विहिबार, पोखराको तापक्रम १३ डिग्री सेल्सियसदेखि १९ डिग्री सेल्सियससम्म पुगेको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button