पोखरामा पाँच दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

आर्थिक विकासको लागि उद्यमशिलता तालिम आवश्यक–सांसद गुरुङ

डिएनबी, पोखरा न्युज – ११ फागुन ।

प्रदेश नम्बर ४ का सांसद मिना गुरुङले आर्थिक विकास र समृद्धिको लागि महिलाहरु एक भई क्षमता अभिबृद्धि गर्दै उद्यमशिलता सम्बन्धि तालिम लिनुपर्ने बताएकी छन । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित मुलथोक टोल विकास संस्थाले पोखरामा आयोजना गरेको पाँच दिने क्षमता अभिबृद्धि तालिमको सुक्रबार समापन गर्दै आर्थिक विकास र समृद्धिको अहिलेको अबस्थामा स्वरोजगार तथा उद्यमशिलता सम्बन्धि तालिम आवश्यक भएको बताएकी हुन ।

उक्त तालिमको मुख्य प्रशिक्षक समेत रहेकी सांसद गुरुङले भनिन “महिलाहरु अब आफ्नो क्षमता अभिबृद्धि गर्दै, आफुहरुलाई आत्मनिर्भर बनाउनु तर्फ लाग्नु पर्छ, महिलाहरुले आफ्नो हक अधिकार सहि ढंगले प्रयोग गर्नु पर्छ । ”

संस्थाका अध्यक्ष हिरु गुरुङ (पुन) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अग्रज संचारकर्मी शान्ति गुरुङ, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका उपाध्यक्ष मिना भट्टराई, मितेरी नारी समुहका संस्थापक अध्यक्ष शुसिला अधिकारी, संचारकर्मी खिमा गुरुङ, अम्वोट टोल विकास संस्थाका अध्यक्ष कल्पना पहारी, प्रशिक्षार्थी सुनिता अधिकारी, लक्ष्मि लामिछाने, कविता अधिकारी, सरिता अधिकारी, संस्थाका कोषाध्यक्ष बिष्णु पहारी लगायतले वोलेका थिए । उक्त तालिममा २५ जना सहभागि भएको शान्ति पहारीले बताईन ।

उक्त तालिममा सहभागि ५२ बर्षीया गिता अधिकारी हाल माईकमा वोल्न सक्ने भएकीछन। उनले भनिन“ मेरो जिवनमा पहिलो पटक यस्तो तालिम लिए, पहिला लेखेको कुरा माईक समाएर वोल्न नसक्ने थिए तर आज देखि वोल्न सक्ने भएकी छु । ” त्यस्तै तालिममा सहभागि उर्मिला पहारीले उक्त तालिमले आफुहरुलाई आत्मवल बढाएको बताईन । अन्य सहभागिहरुले उक्त तालिमबाट उत्साहित भएकाछन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button