कास्कीको समुदायमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमले ल्यायो परिवर्तन

केशब पाठक,  पोखरा न्युज – १२ फागुन ।

बाल बालिकाको शिक्षाको जग बलियो बनाउन सकेमा मात्र आफ्ना बाल बालिकाको भविष्य उज्जवल हुने कुरा अधिकांश अभिभावकहरुको बुझाइ छ । यस्तो बुझाई इजिआरपी कार्यक्रमले ल्याएको भन्ने ठम्म्याइ पनि रहेको छ । कक्षा १, २ र ३ का बालबालिकाको पठन सिप बिकासमा युस एड अन्तर्गत इजिआरपी कार्यक्रमले कास्की लगाएत ६ जिल्लाका बालबालिका लागि समुदाय स्तरमा गरिएको कार्यक्रम प्रभावकारीताले समुदायमा परिवर्तन ल्याए पनि कास्की सहित यि जिल्ला बाट अबको केही महिना पछि यो कार्यक्रम सकिन थालेको छ ।

युएस एडको सहयोग र शिक्षा मन्त्रालय द्वारा संचालित प्रारम्भिक कक्षा पढाइ सिप प्रवद्र्धनका लागि गाँउपालिका मात्र नभइ पोखरा लेखनाथ महानगरका विद्यालयहरुमा यसले राम्रो प्रभाव पारेको जिल्ला शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल बताउँछन । ‘यो कार्यक्रम अब यो जिल्ला बाट फेज आउट हुने स्थितीमा छ तर पनि यस्को प्रभावकारीताले सबैको मन भित्र पस्न सकेको मात्र नभइ अभिभावकहरुलाई आफ्ना बाल–बालिकाको पठन सिप बिकासका लागि सहयोगी भएको छ ।’ उनले भने– ‘यो कार्यक्रम अव कास्की स्थानिय तहको काँधमा आएको छ, विद्यालय र अभिभावकाहरुका विच तादेम्यताका साथ गंभिरता र संवेदनशिल भई निरन्तरता दिन आवश्यक छ ।’

इजिआरपी कार्यक्रम निरन्तर चलाउनु पर्ने कुरामा जोड दिंदै पोखरा लेखनाथ महानगर पालिका वडा न नं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की भन्छन– ‘दाताको सहयोग धेरै समयका लागि आउँदैन तर यो कार्यक्रम कुनै हालतमा बन्द हुनु हुन्न, दाता हामीले भने जती समय बस्दैन पनि अब यो कार्यक्रमको निरन्तरता हाम्रो काँधमा आएको छ यो हामीले पुरा गर्छौ ।’ पोलेमनपा ३२ गोगन माबिका प्रअ डम्मर प्रसाद पौडेलले यो कार्यक्रमले घर–घरमा बालबालिकाको पढने बानीको बिकास, पढाइ सिपमा सुधार र अभिभावकले आफ्ना बालबालिकालाई पढाउने समय दिनु पर्छ भन्ने कुराले विद्यालयमा समेत सजिलो भएको बताए । उनले कार्यक्रम लागु भए पछि विद्यार्थीहरु विद्यालय निरन्तरता भएको बताए ।

यस्तै धाराणा छ पोलेमनपा वडा नं २२ का भगवती आधारभुत विद्यालयका अध्यक्ष प्रकाश गुरुङको पनि । उनले भने ‘कार्यक्रम आउँछ जान्छ तर कार्यक्रमले पारेको प्रभाव र परिवर्तन महत्वपूर्ण छ । हिजोका दिनमा अनुगमनका लागि दाताका कर्मचारी खटिन्थे अब विद्यालय खट्छ । घर–घर जान्छौ बाल बालिका पढे नपढेको अनुगमन गर्छौ अभिभावकलाई सचेत बनाउँछौ ।’

इआिरपी कार्यक्रम क्षेत्रिय संयोजक दिपक शर्माले कास्कीमा २२ स्रोत केन्द्र अन्तर्गतका विद्यालयमा यो कार्यक्रम लागु भएको बताए । उनले यो कार्यक्रम अन्र्तगत टोल टोलमा पढाइ समुह गठन गरिएको छ भने त्यस्ता टोल समुह ६ सय ८६ रहेको उनले जानकारी दिए । नेपाल सरकार शिक्षा मन्त्रालयको द्वारा संचालित प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमले जिल्लाका ३ सय ८७ विद्यालयका १ देखि ३ कक्षा सम्म अध्ययनरत करिव १४ हजार विद्यार्थी लाभान्वित भएको उनको भनाइ थियो । कार्यक्रमको निरन्तरताका लागि स्थानिय निकाय संग छलफल तथा विद्यालय सुधार योजनामा समावेश गर्दै दिर्घकालिन योजना हुनु पर्नेमा जोड दिए ।

समुदाय स्तरको कार्यक्रम संचालन गर्न जिम्मेबारी पाएको बाल हितकारी परियोजनाका कार्यकारी अधिकृत माधब आचार्यले यो कार्यक्रम लागु भए पश्चात यस अन्र्तगत विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितीका पदाधिकारी र अभिभावक समेतलाइ यो कार्यक्रम वारे अभिमुखिकरण गराइ उनीहरुलाई बालबालिकाको पठन सिपलाई अझै उत्तरदायी बनाउँदै लगिएको बताए । समुदाय परिचालनको सम्वन्धमा अभिभावक दौंतरी शिक्षा, शिक्षक अभिभावक सम्मेलन लगाएत टोल पढाइ समुहलाई स्थानिय स्तरमा पठन सामाग्री निर्माण लगायतका कृयाकलाप गर्दै घर तथा समुदायमा पढाई वातावरण गर्न सहयोग पु¥याएको परियोजनाका व्यवस्थापक केशब सिग्देलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button