शेयरमा लगानी गर्न सञ्चयकर्तालाई आग्रह

पोखरा न्युज – १४ फागुन । 

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई शेयरमा लगानी गर्न आग्रह गरेको छ। केषले ऋण लगानी गरेो कम्पनीहरुको शेयरमा सञ्चयकर्ताहरुलाई शुनिश्चित गरिएको शेयरमा लगानी गर्न आग्रह गरेको हो।

कर्मचारी सञ्चयकोष शाखा कार्यलय पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो। कोषले ऋण लगानी गरेका कम्पनीहरुको शेयरमा सञ्चयकर्ताहरुलाई सहभागिता गराइएको कर्मचारी सञ्चयकोष शाखा कार्यलय पोखराका प्रमुख दिलिपराज पौडेलले जानकारी दिए।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा शेयर प्रदान भइसकेको र चिलिमे जलविद्युत आयोजनाबाट प्रबद्र्धित तीनवटा परियोजना साञ्जेन, भोटेकोशी र रसुवागढी जलबिद्युत कम्पनीमा शेयर प्रदान गर्ने प्रक्रियामा रहेको पौडेलले बताए।

साञ्जेन जलबिद्युत कम्पनी लिमिटेडको रु सय अङ्कित दरको शेयर मिति ०६८ मंसिरदेखि बहाल रहेका र विवरणपत्र स्वीकृतप्राप्त ०७४ मंसिर २६ सम्म थप भएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुले न्यूनतम् ५० कित्ता तथा अधिकतम तीनसय कित्तासम्म आवेदन गर्न सक्ने उल्लेख गरिएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको रु सय अङ्कित दरको शेयर मिति ०६८ मंसिर २२ मा बहाल रहेका र ०७४ पुस २० गते सम्ममा थप भएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५ सय कित्तासम्म आवेदन गर्न सक्ने जनाएको छ। भोटेकोशी जलबिद्युत कम्पनीको शेयरका लागि स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।

क्र्मचारी सञ्चयकोष, बिद्युत प्राधीकरण, बिद्युत उत्पादन कम्पनीबाट प्रबद्र्धित बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा सञ्चयकर्ताहरुको ४० प्रतिशत शेयर लगानी गर्नेगरी कम्पनीको स्थापना गरिएको शाखा प्रमुख पौडेलले उल्लेख गरे। पौडेलका अनुसार यसमा मुनाफा रकमलाई शेयरमा रुपान्तरण गरी सञ्चयकर्तालाई उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।

कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको जलबिद्युत परियोजनाहरुसं सम्बद्ध साञ्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर निष्काशन तथा बिक्रि खुल्ला भइसकेको पौडेलले जनाए।

शेयर खरिदका लागि फागुनको ११ गतेदेखि ३० गतेसम्म सेन्ट्रालाइज्ड एप्पलिकेशन फर एसबीए बेस्ड इस्सुएन्स, आस्बा प्रणालीमार्फत दरखास्त संकलन गर्न आबद्ध आस्बा सेवामा सहभागी बैंक तथा बित्तिय संस्था तथा तिनका शाखा कार्यहरुबाट दरखास्त दिन सकिने उल्लेख गरिएको छ।

कोषका सञ्चयकर्ताका लागि छुट्याइएको साधारण शेयर आवेदन गर्नका लाग कुनैपनि बैंक तथा बित्तिय संस्थाहरुमा डिम्याट खाता भएका सञ्चयकर्ताहरुले दरखास्ता दिंदा सि–आस्वा सेवामा सहभागी बैंक तथा बित्तिय संस्थाले उपलब्ध गराएको दरखास्त फाराम भरी कर्मचारी सञ्चयकोषले जारी गरेको सञ्चयकर्ता परिचयपत्रको प्रतिलिपि अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ।

कोषले जारी गरेको सञ्चयकर्ता परिचयपत्रको प्रलिलिपी समावेश गर्न नसक्ने दरखास्तवालाहरुको हकमा भने सञ्चयकोषमा निजको सञ्चयकोष रकम जम्मा गर्ने निज कार्यरत संस्था वा कार्यलयले जारी गरेको कर्मचारी परिचयपत्रको प्रतिलिपी समावेश गर्नुपर्ने उल्लेख छ।

तोकिएको अवधीमा सञ्चयकर्ता कायम रही शेयर निष्काशनमा दरखास्त दिन पाउने तर अवकाशप्राप्त भई सञ्चयकोष परिचयपत्र नभएका दरखास्तवालाको हकमा भने दरखास्तसहित पेन्सनपट्टाको प्रतिलिपी वा कर्मचारी सञ्चयकोषमा निजले अवकाशप्राप्त गरेको कार्यलयको सिफारिसपत्र समावेश गर्नुपर्ने उल्लेख छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button