पोखरामा ‘सुश्री सम्पत्ति’को छायाँकन सुरुवात

पोखरा न्युज – १५ फागुन ।

रंग पत्रकार सुब्रत आचार्यले आफ्नो दोस्रो फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरुवात गरेका छन् ।

मगंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शुभ मुर्हत गरियो ।

कमेडी सहित प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत ,सारा सिर्पाली , विनोद न्यौपाने, प्रमोद अग्रहरि ,राजाराम पौडेल , जयानन्द लामा लगायत काकलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्कि बिशेष भुमिकामा देखिदै छिन् ।

फिल्मको सम्पूर्ण छायाँकन पोखरामा सम्पन्न गरिने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गितको छायाँकन भने काठमाण्डौंमा गरिने छ ।

फिल्ममा सुरेश अधिकारीको संगीत , अर्जुन तिवारीको सिनम्याटोग्राफिक विराज गहतराजको कोरियोग्राफि रहने छ । निर्देशक आचार्यले नै फिल्मको कथा लेखेका हुन् ।
रमेश त्वयना बिज्ञान राई ,नुनम सुब्बा र रोमन शीलाकर फिल्मका निर्माता हुन् । आचार्यले यसअ घि अधकट्टि निर्देशन गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button