म्याग्दीमा सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा सहयोग

पोखरा न्युज – १९ फागुन ।

म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले रु दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिए । दलबहादुरले रु ६५ हजार बराबरको छ आना र भिमात्तीले रु दुई लाख १० हजार. बराबरको एक रोपनी चार आना जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरेको भवन निर्माण समितिका अध्यक्ष ओमप्रसाद भण्डारीले बताए ।

गाउँपालिकाको केन्द्र कायम भएको घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गा भण्डारीद्वयले वडालाई उपलब्ध गराएका हुन् । तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, सभा, समारोह, प्रशिक्षण, तालीम, सांस्कृतिक कार्यक्रम गर्न सहज हुने वडाध्यक्ष पुर्म पुनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button