पोखरामा भएको मैत्रीपुर्ण च्यारिटी फुटबलमा एफसी केन्टको जित

डीएनबी, पोखरा न्युज – १९ फागुन ।

पोखरामा भएको मैत्रीपूर्ण च्यारिटि फुटबल प्रतियोगितामा वेलायतको एफसी केन्ट गोर्खाज भेट्रान्स (युके) विजयी भएको छ।

पोखरा रंगशालामा भएको आयोजक सहारा क्लवको भेट्रान्स समूहलाई गोर्खाज भेट्रान्सले ६–२ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार मैत्रीपूर्ण भेट्रान्स प्रतियोगिता गरेको हो। गोर्खाज भेट्रान्सको जितमा बिशाल राईको ह्याट्रिकसहित हेमकर्ण राई, पदुम योङहाङ र मोहन राईले एक-एक गोल गरे। पोखराको तर्फबाट भने धनबहादुर गुरुङ र मनकाजी गुरुङले एक-एक गोल गरेका थिए।


खेल अवलेकनको लागि दर्शकले १ हजार, ५ सय र २ सय प्रबेश शुल्कको टिकट काटेका थिए। युकेमा बस्दै आएका चन्द्रबहादुर गुरुङको नेतृत्वमा फुटवल खेल्न टोली पोखरा आएको हो। उक्त प्रतियोगिताबाट २ लाख १७ हजार रुपैया सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा प्राप्त भएको छ। उक्त रकम क्लवका अध्यक्ष केशबबहादुर थापा, एकेडेमीका वालकहरुलाई एफसी केन्टका म्यानेजर बुद्धि सुनुवार, प्रशिक्षक लोक चेम्जोङ लगायतले हस्तान्तरण गरेका हुन्।

यसअघि, कास्कीका प्रहरी प्रमुख एसपी. असोक सिंहले रेफ्रीलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै एसपी सिंहले क्लवले एकेडेमी स्ांञ्चालन गरी उदाहरणीय कार्य गरेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

युकेको दक्षिणी सहर केन्टमा बस्ने नेपालीहरु संगठित भएर एफसी केन्ट गठन गरिएको र यसले अनाथ, असहाय तथा आश्रितगृहहरुलाई च्यारिटी फुटवल खेलेर त्यसबाट प्राप्त रकम सहयोग गर्दै आएको एफसी केन्टका म्यानेजर बुद्धि सुनुवारले बताए। सहारा एकेडेमीमा हाल २८ जना अनाथ तथा असहाय वालकहरु आश्रित रहेको महासचिव केशवराज बरालले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button